खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई जान ‘फ्लाई दुबई एअरलाइन्स’ को एउटा जहाज तयारी अवस्थामा छ । एक सय ५४ यात्रु ‘बोर्डिङ पास’ लिएर उड्न तम्तयार छन् ।
फ्लाई दुबईको उडान नम्बर ‘एफजेड ८०१८’ रहेको ‘बि ७३७–८००सिरिज’ को १७४ सिट रहेको उक्त जहाज कमान्ड थरेर दुबई लैजान क्याप्टेन नादेर हुसेन एक घण्टाअघि त्रिभुवन विमानस्थल पुगे ।
तर उनको हिँडाइ र बोलाइ लरबरिएको र असामान्य थियो । विमानस्थलमा काम गर्ने फ्लाई दुबईका नेपाली ‘ग्राउन्ड स्टाफ’ हरूले जहाजको कमान्ड गर्ने क्याप्टेनको अवस्था असामान्य देख्नासाथ ‘क्याप्टेनले मादक पदार्थ सेवन’ गरेको पत्तो पाइहाल्छन् र तुरुन्तै विमानस्थल व्यवस्थापनलाई खबर गरी ‘मापसे परीक्षण गर्नुपर्ने भन्दै निवेदन दिन्छन् ।
त्यसपछि विमानस्थलका एक कर्मचारी फ्लाई दुबईका कर्मचारीको निवेदन लिएर विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्री कहाँ पुग्छन् ।
सबै कुरा बुझेपछि क्षत्री उड्डयन सुरक्षा नियमअनुसार कारबाही अघि बढाउन निर्देशन दिन्छन् । नागरिक दैनिकबाट