सामाजिक सञ्जाल फेसबुकले नयाँ योजना ल्याउने तयारी गरेको छ । सामाजिक सञ्जालमा विकृति बढेको भन्दै आलोचना हुन थालेपछि फेसबुकले त्यसलाई नियमन गर्ने योजना बनाएको हो ।
फेसबुकले आपत्तिजनक र घोरदक्षिणपन्थी विचार, कम उमेरका प्रयोगकर्ताको एकाउन्टको सुरक्षामा काम गर्ने जनाएको छ ।
त्यसका लागि फेसबुकले सात हजार पाँचसय भन्दा धेरै कन्टेन्ट समीक्षकलाई तयार बनाइरहेको छ । जसले उत्तेजना, विद्वेष, आतंकवाद तथा बालबालिकाको यौन शोषणसँग जोडिएका सामाग्रीको समिक्षा गर्नेछ ।
कन्टेन्ट समिक्षिकले पूरा समय काम गर्ने छन् । यसकालागि फेसबुकले सहयात्री कम्पनीलाई पनि प्रयोग गर्ने भएको छ । जसले विश्वभरका ५० भन्दा धेरै भाषामा काम गर्नेछन् ।
फेसबुक अप्रेसनका सहायक प्रमुख एलेन सिल्वरका अनुसार ठूलो मात्रामा कन्टेन्टको समिक्षा पहिलो पटक गर्न लागिएको हो । अलग अलग भाषा, अलग अलग देशका मानिस आपसका कुरा गर्दै फेसबुकमा राखिएको पोस्टमा केन्द्रीत हुने उनले बताएका छन् ।