यतिधेरै कपटपूर्ण खेल खेल्लान भनेर मैले सोचेकै थिईन, धमिलो पानीमा माछा मार्न पाउन कोही जाल कोही वल्छी वोकेर कुदे
एमाले र माओवादी संगै चुनाव लड्ने र पार्टी एउटै गर्ने कुरा लगभग तेस्रो महाविधेशनबाट भएको हो । पछिल्लो समयमा हामीले नेतृत्व गरेका थियौ । हामी पार्टीका अध्यक्ष बन्न होइन । कसैको वैशाखी कसैले टेकेर प्रधानमन्त्री भएको होइन । देश बनाउने सकल्पका साथ एकतावद्ध भएका हौ । कतिलाई लागेका थियो ति दुई किनारका दुई किनार असम्भव छ भनेर । सोचेका पनि अरुले थिएनन । हामीले हतियार उठायौ भन्दा कांग्रेसलाई २००७ २०१८ र २०३० सालमा हतियार उठाएको थियो, वेलावेलामा वमकाण्ड गरेको थियो । टिमुर काण्ड कांग्रेसले गरेको थियो ।
दुनियाँलाई अचम्म, नपत्ताएको एकता आज सम्भव भएको छ । यी दुई वटा पार्टीलाई फुटाउन सकिन्छ भनेर अझै लागिरहेका छन । हाम्रा जनताप्रतिको अभिभारालाई वुझेर एक भएका हौ । सिमेन्टलाई रोडा हालेर कंक्रिट बनाएपछि फेरि फुटाउन सकिन्न । राष्ट्रनिर्माणको महान उद्देश्यका साथ अगाडि बढेका छौ । अहिले सकेसम्म केही केही मान्छे घरबाट बाहिर निस्कदा हाम्रा मुख वन्द गरौ भनेर तानाशाही भयो भनेर सरकारलाई असभ्य तरिकाले भनेका छन । कसले मुख थुनेको छ । जे पायो त्यही वोलेका छन । माइतीघर मण्डलामा गएर उफ्रेका छन, तैपनि मुख थुनेको छ भन्छन । तपाई पनि मुख थुनेर नहिडनु होला । केमा हाम्रो तानाशाही ? कसैमाथि दमन भयो ।
पहिलेको जस्तो गोली चलाउने काम भयो र ? महाकाली अभियानमा जस्तै साइकल रयालीमा गोली चलाइयो र ? त्यसबेला ड्याम ड्याम गोली हानेर मारियो । २०४८ सालमा वहुमत ल्यायो १२२ जनालाई गोलि हानेर कसले मारेको हो । जनयुद्धको वेला कसले हान्यो । २०५६ सालदेखि ३ बर्षमाथि ३ हजार एमालेका कार्यकर्तामाथि दमन गरिएको थियो । त्यसवेला प्रधानमन्त्री र गृहमन्त्रीलाई रुकुम र रोल्पमा जे गदैहुनुहुन्छ त्यो नगर्नुस भनेर मैले भने । त्यसले हिंसा जन्माउछ भनेर ।
तर त्यहीवेला तत्कालिन कांग्रेस सरकारले हिंसा मच्चाएको थियो । तर अहिले उनीहरु भन्छन तानाशाही भयो भनेर । हामी अधिनायकवाद होइन, लोकतन्त्रका लागि लडेका हौ । यो संविधान माइतीघर मण्डलामा जम्मा भएर लेखेर दिएको होइन । हामी संर्घष गरेर ल्याएका हौ । सरकार ढालिन्छ भन्ने सपना नदेख्दा हुन्छ । कांग्रेसको पनि चुनाव आउछ । कसरी ढल्छ भनेर । हामीले जनताको अभिमतबाट आएका हौ ।
नेपालका राजनीतिक पार्टी र वुद्धिजीविलाई आवहनका गर्न चाहन्छु । हामी निजी क्षेत्रको विकासलाई साथै लिएर जान्छौ । कांग्रेसको निति के हो । निजी क्षेत्रलाई उत्पादन र प्रोत्साहन गर्न सरकारको दायित्व हो । यो सरकारको कामबाट प्रतिक्रियावादी आत्तिएका छन । सरकार अधिनायकवाद हो । अव को कानुनी राजले चल्दछन भन्छन । यो जनताको सरकार भएकोले कानुनी राजको अनुसार चल्दछ । गतल कार्य स्वीकार्य हु्दैन । हिजो विकास प्रयास भएनन । हामी रेल चलाउछौै । कृषिको उत्पादनमा वृद्धि गर्दछौ ।
जुम्लाबाट डा गोविन्द केसीलाई वचाउनका लागि काठमाडौ ल्याइको हो । तर उनलाई बचाउनका लागि काठमाडौ ल्याउन दिइएन । ढुंगामुडा गरियो । केसीलाई आउन नदिने । काठमाडौमा उपचार गर्न खोजेको हो कि के गर्न खोजियो । केसीको माग मिलायो, फेरि उल्टिन्छ । केसीलाई अनसन तोडन नदिने र अप्रिय घटना घटाउन योजना थियो । अन्तिममा माइतीघर मण्डला विरोध प्रर्दशनको थलो बनाउनु । केसीको मागमा कहाँ नेर छ माइतीघर प्रर्दशन गर्न पाउने कुरा । धमिलो पानीमा माछा मार्न पाउन कोही जाल कोही वल्छी वोकेर कुदेका छन । जेहोस हामीले केसीको माग पुरा गरेका छौ । यतिधेरै कपटपूर्ण खेल खेल्लान भनेर मैले सोचेकै थिईन । अहिले हाम्रो काधमा देश अगाडि बढाउने अभियारा रहेको छ ।
सन २०२० साल नेपाल भ्रमण बर्षको रुपमा प्रचार गरेका छौ । २०२० मा पर्यटन संख्या बढाउने छौ । तर त्यसलाई सफल हुन नदिने प्रयास हुदै छ । दुनिया कस्ता कस्ता देश बनेका छन । त्यसैले जनताको साथ भएकोले हामी देश बनाउछौ । देशलाई अनुमानको नभई हामीले बनाएको निति अनुसार देशको विकास गर्ने छौ । हामी व्यापार घाटालाई सन्तुलन ल्याउछौ । जनताले हामीलाई जुन अभियारा सुम्पिनु भएको छ । त्यो पुरा गर्ने छौ । जनताका गरिवी पछौटेपनलाई हामीले सम्बोधन गर्ने छौ । यस्ता कुरालाई अफवाह फैलाइएको छ । देश बनाउन मार्गचित्र बनाएका छौ ।
नेपालमा कति इन्जिनियर डाक्टर, कृषि विज्ञ कति चाहिन्छ । त्यो हामीले अध्ययन गरेर नयाँ कलेज खोल्दछौ दक्ष जनशक्ति योजनाबद्ध ढंगले तयार पार्ने छौ । खास क्याम्पसलाई खास बिषय पढाउन दिने छौ । नेपाल दुई तिन बर्ष भित्र ग्रोथ रेट बढ्ने छ । हाम्रा कतिपय मतभेद होलान । तर राष्ट्र निर्माण गर्ने कुरामा सहमत गरौ न । पार्लियामेन्टमा निहुँ खोजेर चल्न नदिने होइन, दुईरतीन जना उठेर पार्लियामेन्ट अवरोध हुदैन , यो पार्लियामेन्ट असफल हुनका लागि बनेको होइन।’ जनताको म्यान्डेट पाएको संसद् भएकोले अब यसले आफ्नो काम अगाडि बढाउछ । पार्लियामेन्टले कानुन पास गर्छ, अगाडि बढछ ।
यो जनताको म्यान्डेट हो, जनम्यान्डेटको खिलापमा दुईरचार जना मिलेर गलत उद्देश्य पूरा गर्न खोजियो भने, त्यो हुँदैन, सहँदैन । जनताको म्याडेड हो । जनताको म्याडेटलाई खिलाप गर्न पाइदैन । आउनुहोस संसदको निवयमावली छ, संविधान छ त्यस अनुसार चलाऔ । अर्को पार्टीको उम्मेदवार पर्दछ भनेर हेरेका हौ । उप सभामुखको तर परेन । अव संसद चल्दछ । पार्टी स्पष्ट छ । सरकार आफ्नो दृष्टिकोण दृढमा छ । त्यसैले मुलुक बनाइन्छ ।
(इञ्जिनियरको एकता सभामा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले ब्यक्त गर्नुभएको भाषणको सम्पादित अंश)