शुक्रबार राति यो शताब्दीकै लामो खग्रास चन्द्रग्रहण लाग्दै छ । ३ घण्टा ५५ मिनेट रहने ग्रहण नेपालबाट देख्न सकिन्छ । राति १२ बजेर ९ मिनेटमा ग्रहण सुरु हुनेछ भने १ बजेर १५ मिनेटमा चन्द्रमा पूरै ढाकिनेछ ।
अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ – ४ बजेर ४ मिनेटमा ग्रहण सकिनेछ । राति सवा १ बजेदेखि ३ बजेसम्म भने चन्द्रमा हल्का रातो रङको देखिनेछ । यसलाई ‘ब्लड मुन’ भनिन्छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले गौशालामा रहेका तीनवटा टेलिस्कोपबाट ग्रहण हेर्न चाहनेका लागि विशेष व्यवस्था मिलाइएको जनाएको छ ।
सोसाइटीका अनुसार मौसम सफा रहे राति ११ बजेर ३० मिनेटदेखि बिहान ४ बजेर ३० मिनेटसम्म ग्रहण हेर्न सकिनेछ । नासाले सम्पूर्ण एसिया, युरोप, अफ्रिका र अस्ट्ेरलियाबाट पनि ग्रहण देख्न सकिने बताएको छ ।