पोखरा, १३ जेठ-दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन २०७५ बाट बागलुङका युवा ज्योतिष सूर्य पौडेल ज्योतिष रत्न अवार्डबाट सम्मानित भएका छन । दुई दिनसम्म पोखरामा समपन्न सम्मेलनमा बागलुङ नगरपालिका–१३ निवासी युवा ज्योतिष पौडेललाई ज्योतिष रत्न ०७५ द्धारा सम्मान गरिएको हो । ज्योतिष पौडेललाई वास्तुविद डा.माधवमंगल जोशीले अवार्डद्धारा सम्मान गरेका थिए ।
दक्षिण एसियाली ज्योतिष महासंघको आयोजनामा नेपाल र भारतका १४ वटा ज्योतिषीय संघ संस्थाको सहयोगमा शनिवार र आईतवार पोखरामा दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन समपन्न भएको थियो ।
सम्मेलनमा भूटान, वेलायत, श्रीलंका, भारत, नेपाल, मलेशिया लगायतका ७ देशका ७ सय भन्दा बढि ज्योतिषहरुको सहभागिता रहेको आयोजक संस्था महासंघका अध्यक्ष डा. सहदेव विष्टले वताए ।
दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा ज्योतिष र वास्तुसंग समबन्धित विषयमा ब्यापक छलफल र अन्तरक्रिया गरिएको नेपाल ज्योतिष परिषद प्रदेश नं.४ का महासचिव ज्योतिष कमल पौडेलले वताए ।