ईन्द्र थापा /गल्कोट
बागलुङ, १३ जेठ– जिल्लाको एक विद्यालयले शैक्षिक गुणस्तर सुधारको लागि भन्दै सारकोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जनप्रेम माध्यामिक विद्यालय ताराखोला गाउँपालिका–१ अमरभुमि भुस्कातले शैक्षिक अन्तरक्रिया सम्पन्न गरेको हो । विद्यालयले ब्यवस्थापन समिति, शिक्षक अभिावक संघ, शिक्षक र बिद्यार्थीहरुको आचारसंहिता बनाई लागु गर्ने, शैक्षिक सत्र २०७५ भित्र अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्ने, बिद्यालयले स्थानिय आवश्यकता अनुसार पाठ्यक्रम बनाई लागु गर्ने, बिद्यार्थीको समस्या समाधान गर्नका लागी शैक्षिक परामर्श कक्ष स्थापना गर्ने, परामर्श समिति गठन गर्ने, बिद्यालय उमेर समुहका बालबालिकालाई बालश्रम शोषण अन्त्य गर्नका लागि बालश्रम किन्न र बेच्न नदिन सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय गरेको छ ।
त्यस्तै शिक्षकहरुलाई तालिमको ब्यवस्था गर्ने, आधारभुत तहमा कक्षा १ देखि ६ सम्म अंग्रेजी माध्यमबाट शिक्षण गर्ने, कक्षा ९ र १० का बिद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप अन्र्तगत डे–होस्टेलको ब्यवस्था गर्ने लगायतका निर्णय गरिएको विद्यालयका सूचना अधिकारी हरि शर्माले जानकारी दिए । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, बिद्यालय व्यवस्थापन समितीका पदाधिकारीको सहभागिता रहेको थियो ।