पर्वत, १२ जेठ – गर्भवती भएको थाहा भएपछि आफ्नी प्रेमिकाको हत्या गर्ने प्रेमीलाई जिल्ला अदालत पर्वतले सर्वस्व सहित जन्मकैदको फैसला गरेको छ । पर्वतको बिहादी गाउँपालिका वडा न. २ बर्राचौरका प्रदिपराज पराजुलीलाई पर्वत जिल्ला अदालतले बिहीबार सर्वस्व सहित जन्म कैदको फैसला गरेको हो ।
पराजुलीले बागलुङ्कको जैमुनी नगरपालिका वडा नम्वर ८ छिस्तीकी आफनी प्रेमिका २२ वर्षिया कमला शर्मालाई गला रेटेर हत्या गरी कालीगण्डकीमा फालेका थिए । प्रेमिका शर्मा गर्भवती भएको थाहा भएपछि २०७४ साल माघ १७ गते नदी किनारमा बोलाएर गर्भपतन गर्न दबाब दिएका थिए ।
उनले लामो समयदेखि विवाहको प्रलोभन देखाउँदै प्रेम सम्वन्ध राख्दै आएका थिए । त्यस अघि माघ ५ गते गुल्मीको पुर्तिघाट वजारमा घुम्न आउ भन्दै बोलाएर हिडेकी शर्मा घरमा पेट दुखेको छ औषधी खान जान्छु भन्दै हिडेको र अलि तल पर्ने एक मेडिकलमा उनले स्वास्थ्य परिक्षण समेत गराएको खुलेको थियो ।
आफ्नै प्रेमिकाको हत्या गर्ने प्रेमीलाई सर्वस्व सहित जन्मकैद
Previous Articleबच्चादेखि वृद्धसम्म मुटुरोगबाट पीडित, कसरी बच्ने ?
Next Article ‘स्ट्रङ र बेसर्म दुवै बनायो’