बागलुङ, १२ जेठ – तीन वर्षअघि राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सन्दीप लामिछानेलाई चितवनको क्याम्पाचौरबाट काठमाडौं बोलाएका थिए । त्यतिवेला नेपाल एकदिवसीय विश्वकपको छनोट खेलका लागि तयारी गर्दै थियो । दासानायकेले एकैपटक सन्दीपलाई राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी गराए ।
तीन वर्षकै अवधिमा सन्दीप उदीयमान खेलाडी बनेका छन् । उनी यो स्थानमा पुग्नुमा अस्ट्रेलियन विश्व च्याम्पियन कप्तान माइकल क्लार्कको महत्वपूर्ण हात छ । सन् २०१६ मा हङकङमा भएको टी–२० ब्लिज क्रिकेटमा सन्दीपको प्रदर्शन देखेपछि क्लार्कले उनलाई प्रशिक्षणका लागि दुई महिना आफ्नै एकेडेमीमा बोलाए ।
हालै सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल)मा सहभागी गराउन पनि क्लार्कले दिल्ली डेयरडेभिल्सका प्रशिक्षक रिक्की पोन्टिङलाई सुझाब दिएका थिए । आइपिएलको तीन खेलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरे । जसका कारण विश्व क्रिकेटका हस्तीहरूको ध्यान सन्दीपसँगै नेपाली क्रिकेटमाथि परेको छ।
Previous Articleफरक फरक दलकोसभामुख र उपसभामुख हुनुपर्ने भन्दै सर्वोच्चमा रिट
Next Article विकास र समृद्धि यात्रामा शुभ संकेत