काठमाडौं,११ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीको क्याविनेटका सदस्यहरुसँग ४ सय ८३ तोला सुन रहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको वेभसाइटमा राखिएको मन्त्रीहरुको सम्पत्ति विवरणमा उल्लेख भएअनुसार २१ जना मन्त्रीहरुले आफूसँग भएको सम्पत्तिमा सुनको विवरण दिएका छन् । मन्त्री गिरीराजमणी पोखरेलले मात्र सुनको विवरण भरेका छैनन्।
सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने कम्युनिस्ट विचारधारा बोक्ने मन्त्रीहरुमध्ये केहीको सम्पत्ति विवरणमा सुनको हिस्सा अस्वाभाविक देखिन्छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढासँग सबैभन्दा धेरै १ सय ५० तोला सुन छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसँग ६० तोला सुन छ ।
अहिलेको मन्त्रीपरिषदका सबैभन्दा धनी देखिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग सुन भने जम्मा ५१ तोला सुन छ । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मासँग ५० तोला सुन छ । प्रधामन्त्री केपी ओलीसँग १७/१८ तोला सुन छ। सबैभन्दा थोरै सुन हुने मन्त्रीहरुमा महिला तथा बालबालिका मन्त्री थममाया थापा १ तोला, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली र कृषि राज्यमन्त्री रामकुमारी चौधरीसँग २/२ तोला सुन छ।
सुनवाला मन्त्रीहरु ! हेर्नुहोस कुन मन्त्रीसँग कति छ सुन ?
Previous Articleजलवायु परिवर्तनसंग जुध्न एकजुट बनौं
Next Article ११ जेठ २०७५, ढोरपाटन दैनिक