कृष्ण पौडेल
पोर्चुगल, ६ जेठ– मड्रीड स्थित नेपाली दुतावास स्पेनले राहदानी बनाउने लगायत सबै सेवा दिन सुरु गरेपछि पोर्चुगलमा बसोबास गर्ने नेपालीबासीलाई सहज हुने भएको छ । पोर्चुगलमा बसोबास गर्ने नेपालीले यस अगाडि राहदानी बनाउन वा अन्य कागजातको लागि फ्रान्सको पेरिसमा धाउनु पर्ने बाध्यता रहेको थियो ।
तर स्पेनको म्याड्रिडबाट नेपाली दुतावासले सबै सेवा दिन सुरु गरेपछि सजिलो भएको एक नेपालीले बताए । पेरिसको नेपाली दुतावासले यसअघि फान्स, पोर्चुगल, ग्रिस र स्पेनमा बसोबास गर्ने नेपालीलाई सेवा सुविधा दिदै आएको थियो । तर स्पेन र पोर्चुगलका नेपालीबासीले पेरिस धाउन पर्ने छैन् । मड्रीड स्थित नेपाली दुतावास स्पेनले कार्यालय स्थापना गरी गत बैशाख १९ गते बिहीवार देखि पासपोर्ट बनाउने लगायत सबै सेवा दिन सुरु गरेको थियो ।
मड्रीडमा नेपाली दुतावासले आफ्ना कर्मचारी बाहेक कागज बिहीन अवैध रही पासपोर्ट बनाउन आएकी पहिलो पीडित महिला झरना थापा मगरलाई रिवन काट्न लगाई सेवा शुचारु गरेको थियो । स्पेनका लागि नेपाली राजदुत भरत बहादुर रायमाझीले कार्यालय स्थापना गरी सेवा शुरु गरेकोमा खुशी व्यक्त गरेका छन् ।
स्पेनमा दुतावास स्थापना हुँदा पोर्चुगलका नेपालीलाई सजिलो
Previous Article६ जेठ २०७५, ढोरपाटन दैनिक
Next Article दशौं ओभरमा सन्दिपले लगातार लिए मुम्बईको दुई विकेट