बागलुङ, ६ जेठ– जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजनामा बुर्तिबाङमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । प्रहरीले गरेका कार्य प्रगति प्रस्तुत गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीेले जिल्लामा दर्ता भएका १ सय ६२ मुद्धामध्ये ९८ मुद्धा फर्छाेट गरिएको बताए । त्यसमध्ये ६४ मुद्धा अहिले पनि अनुसन्धानको क्रममा रहेको जानकारी दिए । यस्तै जिल्लाभरका प्रहरी युनिटबाट १ हजार ५ सय १ जानाले नागरिक सहायता कक्षबाट सेवा लिएका छन्भने ४१ जनाले संस्था दर्ता सिफारिस, १९७ जनाले व्यक्तिगत चालचलन सम्बन्धी सिफारिस लिएका छन् ।
यता, १ सय ५७ जनाले नागरिकताको सिफारिस लिएको प्रहरी उपरीक्षक रेग्मीले बताए । यस्तै, २०७४ साल श्रावण १ गतेदेखि हालसम्म बालबालिका सम्बन्धी ४६ मुद्धा दर्ता भएकोमा १० वटा मिलापत्र गरिएको ४ वटा अनुसन्धानमा रहेको रेग्मीले बताए । प्रहरीले गत श्रावण महिनादेखि हालसम्म जिल्लाभरबाट ७ सय ३५ लिटर अवैध मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छभने कच्चपदार्थ ४ हजार ४ सय ५० लिटर र ५ सय ७० केजी मर्चा बरामद गरि नष्ट गरेको नागरिक सुनुवाईमा जानकारी दिइएको छ । जिल्लामा श्रावण महिनादेखि हालसम्म साना ठूला गरी १९ सवारी दुर्घटना भएका छन् । ति दुर्घटनामा १४ जना पुरुष, २ जना महिला र १ जना बालिका गरि १७ जनाको ज्यान गएको छ भने ३७ जना पुरुष, ६ जना महिला २ बालक तथा २ बालिका गरी ४७ जना घाइते भएको प्रहरी उपरीक्षक रेग्मीले बताए । यस्तै श्रावण १ गतेदेखि हालसम्म जिल्लामा ६ हजार ५ सय १६ सवारीसाधन कार्वाहीमा परेका छन् ।
जसबाट ४२ लाख ७६ हजार ५०० राजश्व संकलन भएको छ । जिल्लाभरका प्रहरी युनिटमा हरेक वर्ष ३÷३ महिनाको अन्तरालमा गरिदै आइएको नियमित कार्यक्रम अन्र्तगतको नागरिक सुनुवाई कार्यक्रम बुर्तिबाङस्थित इलाका प्रहरी कार्यालयमा गरिएको थियो । कार्यक्रममा स्थानीय स्तरका समस्या, प्रहरी र जनताको सम्बन्ध प्रगाढ, नागरिक सचेतनाका विषयमा प्रहरीले गर्न सक्ने कार्यहरु र स्थानीय स्तरमा भए गरेका घटना सम्बन्धमा प्रहरी र नागरिक मिलेर समस्या पहिचान तथा निरुपणमा गरिदै आएका विषयमाथि जिज्ञासा, राय तथा सुझाव आएका थिए । कार्यक्रममा एकीकृत सेवा केन्द्र प्रमुख जनक थापा, ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली, उपप्रमुख करमती पुन, नगरपालिकाका मुख्य प्रशासकीय अधिकृत धनप्रसाद पोख्रेल, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायव निरीक्षक नारायण शर्माले बोलेका थिए ।
Previous Articleओली सरकार लम्पसारवादी–कांग्रेस नेता पौडेल
Next Article मुक्तिनाथ मन्दिरमा भारतिय तीर्थयात्री बढी