बागलुङ, ५ जेठ– विद्युतको पोलमा प्रवाह भएको करेन्ट लागेर जिल्लाका दुई जना युवतीको शनिवार ज्यान गएको छ । काठेखोला गाउँपालिका–६ का २३ बर्षिय गुमा कंडेल र २० बर्षिय निसा कंडेलको ज्यान गएको प्रहरीले बताएको छ । बिहान घाँस काट्न गएका उनीहरुलाई बिजुलीको पोलमा छोईंदा करेन्ट लागेको थियो । ‘तार बाँध्ने माटोको इन्सुलेटरबाट फलामे पोलमा करेन्ट प्रवाह भएको देखिन्छ’ प्रहरी उपरिक्षक दीपक रेग्मीले भने, ‘एउटालाई करेन्ट लागेपछि अर्को बचाउन जान खोज्दा दुवैको ज्यान गएको हो ।’ पोलमा छोइएकोले उनीहरुको शरीर डढेको थियो ।
घटनापछि प्रहरी र स्थानीयले उद्दार गरेपनि उनीहरुलाई बचाउन भने नसकिएको रेग्मीले बताए । घटनापछि विद्युत प्राधिकरणका कर्मचारी र स्थानीयले करेन्ट प्रवाहको परीक्षण गरिरहेका छन् । स्थानीयले भने विद्युत प्राधिकरणको चरम लापरबाही भएको आरोप लगाएका छन् । ‘पटकपटक विद्युत कार्यालयमा स्थानीयले जानकारी गराएपनि प्राधिकरणले वास्ता गरेको थिएन’ स्थानीय शिवप्रसाद कंडेलले भने, ‘हाइटेन्सन लाईनमा भएको खराबीबारे सूचना पाएर पनि प्राधिकरणले लार्पवाही ग¥योे ।’ काम गर्न बारीमा पुगेकालाई यो जानकारी समेत थाहा नभएको हुन सक्ने उनले बताए । मृतक दुवै अविवाहित हुन् । एकले कक्षा ११ र अर्कीले कक्षा १२ को परीक्षा दिएका थिए ।
विद्युत प्राधिकरणको चरम लार्पवाही, बिहुँमा करेण्ट लागेर दुईजनाको मृत्यु
Previous Articleनेपाल कम्युनिस्ट पार्टी संसदीय दलको नेतामा ओली सर्वसम्मत
Next Article इस्लाम धर्मावलम्बीको रमजान पर्व शुरु