निर्मल पौडेल
बागलुङ, ५ जेठ –बिभिन्न कामको शिलशिलामा अमेरीकामा रहेका नेपालीहरु मेरिल्याण्ड राज्यको बाल्टिमोरमा पशुपतिनाथको मन्दीर निर्माण गर्ने भएका छन् । बाल्टिमोरमा महायज्ञ गरेर उठेको रकम र त्यहाँ रहेका हिन्दु धर्म मान्नेहरुबाट उठेको सहयोग रकमबाट मन्दिर निर्माण गर्न लागिएको हो । नेपालका आराध्यादेव राष्ट्रदेवता सवै प्राणिहरुका रक्षक पशुपतिनाथको अमेरीकामा रहेका प्रवासी नेपालीहरुको पहल र सकृयतामा मन्दिर वन्न लागेको मन्दिर निर्माणमा सकृय बासु पौडेलले बताए । पशुपतिनाथलाई नेपाल भारत लगायत विश्वभरका हिन्दुहरुले महिमामय परमपूज्य ठुला देवताका रुपमा आदार र आराधाना गर्ने गर्छन् ।
वाल्टिमोरमा रहेको श्री राधागोविन्द मन्दिरको परिसरमा पशुपतिनाथको मन्दिर निर्माण हुने भएको हो । अहिले यहि राधागोविन्द मन्दिर परिसरमै अस्थाई भवनमा पशुपतिनाथ मन्दिरलाई आवश्यक पर्ने देवीदेवताका मुर्तिहरु शिवलिङ्ग लगायत पशुपतिनाथको मन्दिर परिसरमा स्थापित गर्न चाहिने आवश्यक कुराहरु जुटाउने काम भइरहेको मन्दिर निर्माणका अभियान्ता विश्वराज गौतमले जानकारी दिए ।
अहिलेलाई श्री राधागोविन्द पशुपति मन्दिर निर्माण एवं संचालक समितीले निर्माणाधीन मन्दिरको व्यवस्थापनमा भुमिका निर्वाह गरेको उनले बताए । त्यस्तै केहि समय पछाडि स्थायी रुपमापृथक र पक्की मन्दिर वनाएर नेपालकै झल्को दिनेगरी हरेक संरचना एवं पुजापाठ लगायतका गतिविधिहरु स्थापना र सञ्चालन हुने मन्दिर निर्माण कार्यका अर्का अभियान्ता डा.विशाल भण्डारीले वताए । भण्डारीका अनुसार पशुपति क्षेत्र निर्माण भएपछाडी छुट्टै शक्तिशाली व्यवस्थापन समित गठन गरेर अगाडि वढ्ने देखिएको छ । आगामी जुनको १० देखी १६ तारिक सम्म महायज्ञ श्रीमद् भागवत महापुराण आयोजना गरिएको र जून १७ तारिक विधिवत रुपमा मन्दिरको समुद्घाटन हुने आयोजकले जनाएको छ ।
महायज्ञ संचालनको लागी महायज्ञ तयारी सम्बन्धी विभिन्न समिती, उपसमिती एवं स्वयंसेवकहरुको समिती समेत गठन भएका छन् । इश्वर शर्माको संयोजकत्वमा ५१ सदस्यीय स्वयंसेवक समिती गठन भएको छ जसको सदस्यहरुमा वासु पौडेल,निर वहादुर क्षेत्री, सुरज भण्डारी ,विशाल रिजाल, मनिष रिजाल, परशुराम शमार्, विनोद शमार्, पारस पौडेल, प्रकाश सिग्देल, माधव पौडेल ,कमल सिग्देल, सरोज रिजाल, विनोद रिजाल ,प्रकाश अधिकारी कृष्ण जि.सी.डि.वी. सिलवाल ,रमजी शर्मा,विकाश गौतम, शक्ति कार्की,संसार गौतम सचिता वास्तोला लगायतका रहेका छन् । संयोजक भएपछि शर्माले पवित्र कार्यलाई भव्यरुपमा सफल पार्नको लागी सवै महानुभावहरु एवं भक्तजनहरुलाई सहभागी हुन र साथीहरुलाई सहयोग गर्न आग्रह गरे ।
हालै मात्र केही संघसंस्थाका प्रतिनिधी सम्मिलित सल्हाकार समिती समेत गठन गरि पशुपतिनाथ मन्दिर निर्माण, महायज्ञ संचालन एवं भावी योजना बारे परामर्श लिने काम सम्पन्न भएको छ । मन्दिर निर्माण कार्य ५ वर्ष अगाडि शुरुवात गर्न सहमत भएपनि कामलाई व्यवहारीक रुपमा थालनी १ वर्ष अगाडिवाट सुरु गरिएको वताइएको छ । नेपालको पशुपतिनाथ मन्दिरमा जुन बिधि अनुसार पूजा आरधना गरिन्छ सत प्रतिसत त्यहि प्रकृयाबाट यो मन्दिरमा गरिने छ । मन्दिर संगै कृष्ण मन्दिर ,बुढानिलकण्ठ को मुर्ति ,बुद्धको पार्क शान्ति उद्यान ,माउन्ट कैलाश अतिथि गृह ,हरि ओम फूल बगैचा समेत बनाउने योजना रहेको छ । उनले आगामी जुन १७ तारिखमा अस्थाई रुपमा पशुपतिनाथ मन्दिरको उद्घाटन हुने छ । मन्दीर निर्माणका लागि ,भारतिय, अमेरिकन ,थाइल्याण्ड लगायत अन्य देशहरुकाले पनि सहयोग गरेको वताइएको छ ।