बागलुङ, ३ जेठ– जिल्लाको बलेवामा रहेको बिमानस्थल देखी काठमाण्डौ र काठमाण्डौ देखी बागलुङ चल्ने हवाई सेवाको भाडा समायोजन भएको छ । चौतर्फि बिरोध भए पछि बागलुङ नगरपालिकाको पहलमा भाडा समायोजन भएको हो । बागलुङ काठमाडौ हवाई भाडा महंगो भएको भनी जन गुनासो बढेपछि नेपाल एयरलाइन्सले बुधबार भाडा समायोजन गरेको नगरपालिकाले जनाएको छ । नेपाल एयरलाइन्सले बागलुङ काठमाडौ हवाई भाडा ६ हजार ५ सय लिदै आएकोमा अब देखि काठमाडौ बाट बागलुङको यात्रामा ५ हजार ८ सय र बागलुङ देखि काठमाडौको यात्रामा ५ हजार ६ सय कायम गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।
बागलुङ नगरपालिकाले बागलुङको बलेवामा बन्द भएको हवाई मैदान पुन संचालन गर्न नेपाल एयरलाइन्स र तारा एयरलाइन्स सँग सहमति गरेर चैतदेखि हवाई सेवा संचालन गरेको थियो । काठमाडौ बागलुङ हवाई भाडा ६ हजार ५ सय नेपाल एयरलाइन्स ६ हजार ७ सय तारा एयरलाइन्सले लिदै आएकोमा सो भाडा दर अन्यत्र ठाउँको तुलनामा महंगो भएको भनी गुनासो आएपछी बागलुङ नगरपालिका र बागलुङका सांसदहरूले भाडा घटाउन नेपाल नागरिक उध्दन प्राधिकरणमा माग गरे पछि अहिले नेपाल एयरलाइन्स भाडा समायोजन गरेको प्रमुख पौडेलले बताए । नेपाल एयरलाइन्स भाडा समायोजन गरेपछि तारा एयरलाइन्सले पनि छिट्टै भाडा समायोजन गर्ने बिश्वास लिएको नगर प्रमुख जनकराज पौडेलले ढोरपाटनलाई बताए ।
Previous Article२ करोड ५२ लाख नक्कली नोट बरामद
Next Article २०७५ जेठ ३ गते बिहिबारको राशिफल