बागलुङ, २ जेठ– जिल्ला सदरमुकाममा रहेको मानवसेवा आश्रममा एक बर्ष अघि जन्मीएकी सृष्टिको मंगलवार भव्य समारोहको आयोजना गरी जन्मोत्सव मनाईएको छ । कार्यक्रममा बोल्दै बक्ताहरुले बेसाहारा बनेकाहरुको सहारा मानव सेवा आश्रम बनिरहेको बताए । समाजमा बाटो बिराएकालाई बाटो देखाउने काम यतिबेला मानव सेवा आश्रमले गरिरहेको उनिहरुको भनाई थियो ।
मानवसेवा आश्रम बागलुङ शाखाको आयोजनामम भएको बिशेष मिलन समारोह कार्यक्रममा बागलुङ नगरपालिकाका उप मेयर सुरेन्द्र खड्काले मानवसेवा आश्रमको लागि बागलुङ नगरपालिका बाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आफुले एक महिनाको पाउने ३० हजार पारिश्रमिक आश्रमलाई दिने बताए । बागलुङ नगरपालिका वडा ३ का वडा अध्यक्ष लक्ष्मी बास्कोटा, महिला हित सहकारी संस्थाका अध्यक्ष लिला देबी खड्का, मानवसेवा आश्रम बागलुङका सुमिरा लामाले मानवसेवा प्रति अहिले सबै ध्यान गइरहेको कारण संस्थाले सहयोग पाइरहेको बताएका थिए ।आश्रममा जन्मिएकी सृष्टिको कार्यक्रममा सहभागीहरुले केक काटेर आर्शिबाद प्रदान गरेका थिए । बागलुङ लगायत विभिन्न ठाउँ बाट उनको लागि सहयोग उठ्ने क्रम जारी रहेको छ ।
Previous Articleप्रदेशभित्र कर्णाली नबनोस्
Next Article २०७५ जेठ २ गते बुधबारको राशिफल