प्रताप बानियाँ
म्याग्दी, २२ असोज – आश्विन शुक्ल सप्तमीका दिन शनिबार म्याग्दीका विभिन्न कोटमन्दिर र घरघरमा फुलपाती भिœयाइएको छ । सदरमुकाम बेनीमा रहेको बेनी कोटभण्डार मन्दिरमा व्यवस्थापन समितिद्वारा बडादशैंको आज सप्तमीका दिन विशेष कार्यक्रमको आयोजना गरी कोट मन्दिरमा फुलपाती भिœयाइएको हो ।
बेनीबजार र नेपाली सेनाको अर्थुङ्गेस्थित रहेको श्रीबक्स गुल्मबाट ल्याइएको फुलपाती बेनीको कोट मन्दिरमा भिœयाइएको छ । कोट मन्दिरबाट शुरु भएको पञ्चे बाजासहितको ¥यालीले बेनीबजारको परिक्रमासहित सङ्गमचोकमा पुगेर पुजाआजा गरी फुर्से र बोकाको बली दिएर कोटमा फुलपाती भिœयाइएको कोटभण्डार व्यवस्थापन समितिले जनाएको छ ।
हिन्दुधर्म, संस्कृति र परम्पराअनुसार पुजाआजा गरी फुलपाती भिœयाइएको बेनी कोटभण्डार व्यवस्थापन समितिका सचिव मोहन बानियाँले बताए ।
फुलपाती भिœयाउने क्रममा नेपाली सेना र प्रहरीद्वारा तोप पड्काउनुका साथै नवदुर्गालाई सलामी अर्पण गरिएको थियो ।
सोही अवसरमा लक्ष्मीनारायण मन्दिर विकास समितिका पदाधिकारीले जनकिर्तन गरेका थिए ।
कार्यक्रममा व्यवस्थापिका संसदका सांसद नवराज शर्मा, जिल्लास्थित राजनीतिक दल, म्याग्दीका प्रहरी नायव उपरीक्षक विश्वराज खड्का, स्थानीयवासी, सर्वसाधारणलगायतको सहभागिता रहेको थियो ।
यसैगरी शनिबारै म्याग्दी जिल्लाका विभिन्न गाउँगाउँमा रहेका कोट मन्दिरहरुमा पनि फुलपाती भिœयाइएको छ ।
बेनी नगरपालिकाअन्तर्गत घतान कोट, पुलाचौर कोट, चिप्लेटीको निशानकोट, गाजनेको डढेकोट, ज्यामरुककोट तथा ताकमको ताकम कोटलगायतका दुर्गा भगवतीको मन्दिरमा धार्मिक विधि र परम्पराअनुसार पुजाअर्चना गरी फुलपाती भिœयाइएको स्थानीयले बताएका छन् ।
हरेक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व शनिबार घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतिक फूलपाती भिœयाइएको छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतिकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भिœयाउने गरिन्छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।
आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान पर्व बडादशैंँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने सप्तमीका दिनदेखि बढ्ने गर्दछ ।
आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने क्रम अझ तीब्र हुने गर्छ ।
नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ, रोटे पिङ र चमच्चाले दशैंको रौनकतालाई अझ बढाउने गरेको पाइन्छ ।
Previous Articleश्रमिकबिरोधी ऐन ल्याइए आन्दोलन गर्ने चेतावनी
Next Article नेताको सहमतिबाट चल्ने राज्य ‘ओलिगार्की’