बागलुङ, ३१ बैशाख– नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनले विकास गरेको जोखिममा आधारित साकोस सुपरीवेक्षण तथा अनुगमन कार्यक्रमको पहिलो समुहद्धारा बागलुङमा रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. को स्थलगत अनुगमनसंगै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाण्डौमास्थित स्मरण साकोस, ईन्द्रेणी साकोस, महिला प्रयास साकोस, हाम्रो सुनौलो साकोस, लोक सागार साकोस, भद्रावती साकोस र पलाञ्चोक साकोस गरी ७ वटा संस्थाका सञ्चालक तथा कर्मचारीहरु संलग्न रहेको टोलीलाई सिवाईसी साकोसले बागलुङमा स्वागत गरेको थियो ।
स्वागत पश्चात संस्थाहरु बीच भएको अन्तरक्रिया तथा अनुभव आदानप्रदान कार्यक्रममा भ्रमण दलले सिवाईसीबाट राखेका आशा अपेक्षाबारेमा ईन्द्रेणी साकोसका अध्यक्ष एवं नेफ्स्कून फिल्ड कार्यालय कलंकी सञ्चालक केशवराज शर्मा र महिला प्रयास साकोसका अध्यक्ष एवं नेफ्स्कून फिल्ड कार्यालय चाहावेलका सञ्चालक विनीता अधिकारीले व्यक्त गरेका थिए । कार्यक्रममा नेफ्स्कूनका सञ्चालक एवं अन्तरक्रिया कार्यक्रमका प्रमुख अतीथि दिपक पनेरुले सदस्यहरुको चाहाना र भावाना बुझेर सहकारी संस्थाहरुलाई अगाडि वढाउन सकेमा मात्र संस्थाहरु दिगो रुपमा सञ्चालन हुने धारण व्यक्त गरेका थिए ।
कार्यक्रममा समग्र बागलुङ जिल्लाको अभियान तथा सिवाईसी साकोसले गरेका गतिविधिहरुको बारेमा जानकारी गराउँदै सिवाईसी साकोसका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले सहकारी संस्थाहरु पैसा लिने र दिने काममा मात्र नलागेर सदस्यहरुलाई धनी बनाउने अभियानमा लाग्नु पर्ने बताएका थिए । पौडेलले नेपालीमा बचत गर्ने बानीमा विकास हुने होभने कोही पनि गरिव नहुने बताउदै देशमा बचतको राष्ट्रिय नीतिको आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत ऐक्सेस कार्यदल सदस्य सीता शर्मा र सञ्चालन प्रवन्धक नवराज शर्माले गरेका थिए ।
Previous Articleउपल्लो मुस्ताङमा तिजी पर्वको रौनक
Next Article केयुको अनलाइन मास्टर डिग्री सेन्टर