म्याग्दी, ३० बैशाख – अन्नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानीमा आईतवार भीषण वर्षापछि आएको बाढीले दुईवटा घर पुरेको छ। वर्षासँगै आएको बाढीले स्थानीयवासी लटे गिरी र बालकृष्ण मिजारको घर पुरिएको वडा सदस्य वीरबहादुर पौडेलले जानकारी दिए।
भुरुङको ठाडो खोलाबाट आएको बाढी र तिम्लाखर्कबाट झरेको पहिरोसँगै बाढी बस्तीतर्फ पसेपछि अन्य दुईवटा घरमा समेत क्षति पुर्याएको छ। स्थानीयवासी रेखीराम पुर्जा र टेकनारायण पौडेलको घरमासमेत क्षति पुगेको छ।
अहिले प्रहरी र स्थानीयवासीले पहिरोबाट प्रभावित बासिन्दाको घरको सामान सुरक्षित ठाउँमा लैजाने काम गरिरहेका छन्। यस्तै, बेनी–जोमसोम सडकखण्डअन्तर्गत बेगखोलामा बाढी आएपछि अहिले सवारी आवागमन ठप्प भएको छ।
Previous Articleगाउँमा पुगेन सिंहदरबार-स्थानीय तहकाे पहिलाे वर्ष
Next Article इरानका अनुदारवादी समूहद्धारा सरकारको कडा आलोचना