बागलुङ, ३० वैशाख-जिल्लाको सुदूर पश्चिमस्थित निसीखोला गाउँपालिकामा अति, मध्यम र सामान्य गरीब परिबारको संख्या ८ सय ७४ रहेको एक विवरणले देखाएको छ । यो निसीखोला गाउपालिकाको कुल जनसंख्याको ६० प्रतिशत हो । गरीबीको रेखामुनी रहेका यी परिवारहरुमा अति गरीब परिबारको संख्या ५ सय ३२ मध्यम गरीब परिवारको संख्या २ सय २० र सामान्य गरीब परिवारको संख्या १ सय २५ रहेको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशिल पनेरुले बताए । निसीखोला गाउँपालिकामा रहेका ७ वटै वडाहरुमा गरी कुल ८७४ घरधुरीलाई गरीब घरधुरी परिचयपत्र उपलब्ध गराईएको प्रमुख प्रशासकिय अधिकृत पनेरुले बताए । गाउँपालिका भित्र रहेका गरीब घरधुरी परिचयपत्र वितरण कार्यक्रम अन्र्तगत पहिलो चरणको अभियान सम्पन्न भएको पनि पनेरुले जानकारी दिए ।
२०६९ सालमा नेपाल सरकारको तथ्याङ्क अनुसार बार्षिक आयका आधारमा छनौटमा परेका गाउँपालिकाका नागरिकलाई परिचयपत्र उपलब्ध गराईएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । उनका अनुसार, वितरण गरिएको परिचयपत्रमा अति गरीब रातो, मध्यम गरीब पँहेलो र सामान्य गरीब परिवारका लागि निलो कार्ड उपलब्ध गराइएको छ । तत्कालका लागि रातो परिचयपत्र लिएकाले निशुल्क रुपमा स्वास्थ्य विमा बापतको सेवा लिन सक्ने भएका छन्भने अन्य कार्ड पाएकाले हाललाई कुनै सुविधा पाउने गाउँपालिकाले जनाएको छ । पहिलो चरणमा उतm संख्यामा परिचयपत्र बितरण गरिएपनि छुटेका परिवारका लागि जेष्ठ महिनामा पुनः बितरण अभियान सुरु हुने बताईएको छ । हालसम्म बितरण गरिएको परिचयपत्र कार्यक्रमअन्र्तगत वडा नं १ मा १४४, वडा नं. २ मा १८०, वडा नं. ३ मा ८०, वडा नं. ४ मा १२०, वडा नं. ५ मा १५२, वडा नं. ६ मा ९० र वडा नं. ७ मा १०८ घरपरिवारलाई परिचयपत्र उपलब्ध गराईएको छ ।
Previous Article२०७५ वैशाख ३० गते आईतबारको राशिफल
Next Article धञ्जुसिहं अध्ययन केन्द्रबाट तीन राजभण्डारी सम्मानित