जोमसोम, २९ बैशाख – नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरेका छन्। प्रधानमन्त्री मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराएका थिए। भारतीय प्रधानमन्त्रीले षोडषोपचार विधिबाट पूजा गरेका थिए। भारतीय प्रधानमन्त्री करीब एक घण्टा मुक्तिनाथ क्षेत्रमा रहेका थिए।