पोखरा, २८ बैशाख – चार नम्बर प्रदेशको प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी शुक्रबार बाथरुममा लडेर गम्भीर विरामी परेका छन् । बाथरुममा लडेका उनको टाउकोमा लागेर गम्भीर चोट लागेको छ । आफ्नै निवासको बाथरुममा उनी लडेको थाहा हुनासाथ सहयोगीले उनलाई नजिकैको फेवासिटी अस्पताल लगेका थिए ।
फेवासिटीले मणिपाल शिक्षण अस्पताल लैजान सिफारिस गरेपछि लगत्तै त्यहाँ लगेर सघन उपचार कक्षमा भर्ना गरिएको छ । जिल्ला समन्वय समिति कास्कीका संयोजक बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार मणिपालका डक्टरहरुले काठमाडौं लैजान सिफारिस गरेका छन् । तर हेलिकोप्टर उपलब्ध नहुँदा पोखरामै राखिएको छ ।
अधिकारीलाई शनिबार बिहानै लग्ने तयारी गरिएको उनले बताए । सभामुख अधिकारीको टाउकोमा रगत जमेको जानकारी डक्टरले दिएको संयोजक अधिकारीले सुनाए ।
प्रदेश ४ का सभामुख अधिकारी बाथरुममा लडेर गम्भीर विरामी
Previous Articleराष्ट्रपति भण्डारी र भारतीय प्रम मोदीबीच भेटवार्ता
Next Article भारतीय प्रधानमन्त्री मोदीको प्रतिक्षामा मुस्ताङवासी