काठमाडौं- नयाँ शक्तिका नेपाल पार्टीका केन्द्रिय कार्यकारी सदस्य मुमाराम खनालले नयाँ शक्तिबाट आफू अलग भएको जनाएका छन्।
यता नयाँ शक्तिले उनलाई पार्टी अनुशासन विपरित अभिव्यक्ति दिएको भन्दै निलम्बन गरेको थियो।
पार्टी विरोधि अभिव्यक्ति दिएकोले उनको मुद्दा अनुशासन आयोगमा पाठाएकोले छानविनको अवधिका लागि केन्द्रीय परिषद् सदस्य रहनेगरि, कार्याकारी सदस्य, राजनीतिक संवाद समितिको संयोजक, विद्यार्थीको उत्पेरकको जिम्मेवारीबाट हटाइएको पार्टी केन्द्रीय कार्यालय संयोजक बामदेव क्षत्रीले बताए।
यता खानलले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै कुनै अस्तित्व मात्र धान्ने दल निर्माण गर्ने र त्यसमा आफूलाई समावेश गर्ने मेरो कुनै अभिप्राय नभएकोले पार्टी परित्याग गरेको उल्लेख गरेका छन्।
वस्तुगत राजनीतिक जगतमा देखिएको राजनैतिक विकल्पको संभावनालाई नेतृत्व गर्न सकियो भने त्यसले नेपालको लोकतान्त्रिक प्रक्रियालाई निकै हदसम्म सकारात्मक योगदान पुर्याउँछ भन्ने मेरो मान्यता रहेको उनले बताएका छन्। खनालले नयाँ शक्तिको राजनीतिक संगठन, चरित्र र संस्कृतिले विकल्प होइन, पूर्व माओवादीकै निरन्तरताबाहेक अरु केही नभएको आरोप लगाएका छन्। गैरमाओवादी सदस्यहरु पनि नयाँ शक्तिमा टिक्न सक्ने कुनै वातावरण नरहेको उनले बताएका छन्।
खनाल तत्कालिन नेकपा माओवादीका नेता थिए। त्यस पछि माओवादी परित्याग गरेर स्वतन्त्र लेखकको छवि बनाउँदै नयाँ शक्तिमा प्रवेश गरेका थिए।
Previous Articleडा. गोविन्द केसीद्वारा अनशन स्थगित
Next Article शीर्ष नेताले कसरी मनाउँदै छन् दसैँ ?