बागलुङ, २३ बैशाख– बागलुङ उद्योग बाणिज्य संघका संस्थापक शिव कुमार प्रधानको निधनमा बागलुङ उद्योग बाणिज्य संघले शोक सभा गरेको छ । २०२० सालमा प्रधानले संघको स्थापना गरेका थिए । प्रधान संघको संस्थापक अध्यक्ष समेत हुन् । उनले तत्कालिन उद्यमी र व्यवसायीलाई एकजुट गराएर संघको स्थापना गरेको व्यवसायीले बताए ।
गत बैसाख ९ गते ८३ बर्षको उमेरमा प्रधानको निधन भएको थियो । उनको निधनले बागलुङ उद्योग बाणिज्य संघलाई ठूलो क्षति पुगेको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ बासुले बताए । व्यवसायको बिकास नभइसकेको समयमा व्यवसायीहरुलाई एकजुट बनाएर संघ गठन गर्ने काम चुनौती भएको समेत उनले बताएका थिए । कार्यक्रममा संघका अध्यक्ष जयराम भारीले प्रधानको निधनले संस्थापक गुमाएको र धेरै बिषयहरु पनि हराउन पुगेको बताए ।
कार्यक्रममा संघका पूर्व अध्यष लालचन्द्र राजभण्डारी, पूर्व अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, युगेश्वर वझा, निर्वतमान अध्यष बसन्तकुमार श्रेष्ठ, पूर्व अध्यक्ष धु्रबराज गौतम, सल्लाहकार देबबहादुर श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, र प्रधानका छोरा बिज्ञानकुमार श्रेष्ठले बोलेका थिए । संघका अध्यक्ष जयराम भारीको अध्यक्षता, महासचिव दयाराम पौडेलको संचालनमा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारीले धन्यवाद ज्ञापन गरेका थिए ।
Previous Articleसंघीय संसदको दोस्रो अभिवेशन आजदेखि
Next Article आठ विद्यालयमा विद्युतीय पुस्तकालय