बागलुङ, २१ वैशाख – पर्यटन मन्त्री रविन्द्र अधिकारीले नेपालको पर्यटन क्षेत्रको विकासका लागि ४९ जना विज्ञहरुलाई थिंकट्यांकका रुपमा नियुक्त गरेका छन् । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार, नेपालको नागरिक उड्डयन क्षेत्रको सुधारका लागि मन्त्रीस्तरीय निर्णयबाट २० र पर्यटन क्षेत्रका लागि २९ गरी ४९ जनालाई विज्ञका रुपमा नियुक्त गरिएको हो । यी व्यक्तिहरुको समूहले आवश्यक पर्दा सुधारका लागि राय, सुझाव दिनेछन् ।
उड्डयन क्षेत्रको समूहमा नागरिक उड्डयन प्राधिकरणका पूर्व वरिष्ठ कर्मचारीहरु ललितविक्रम शाह, पूर्वसचिव वीरेन्द्र देउजा, नगेन्द्र घिमिरे, यज्ञ गौतम, हरिभक्त श्रेष्ठ, त्रिरत्न मानन्धर, रतिशचन्द्र लाल सुमन छन् । त्यसैगरी प्राधिकरणबाटै अवकाश लिएका कमलप्रसाद रिमाल, कमलकुमार केसी, क्याप्टेन पिजे शाह, महेन्द्रसिं रावल, उदय विश्वम्भर श्रेष्ठ, नारायणबहादुर सिंह डंगोल, लिविन्द्रमान शाक्य, सुमन श्रेष्ठ, महेन्द्र राजभण्डारी, प्रभाकर अधिकारी, प्रभा वैद्य, क्याप्टेन वाईके भट्टराई र उड्डयन लेखक हेमन्त अर्ज्याल छन् ।
त्यसैगरी पर्यटन क्षेत्रका लागि २९ जना छन् । यिनमा अर्जुन शर्मा, अनिल चित्रकार, कुन्द दीक्षित, गंगाप्रसाद अकेला, चन्द्र ढकाल, छाया शर्मा, छेवाङ लामा, ज्योति अधिकारी, दिपेन्द्र पुरुष ढकाल, प्रदीपराज पाण्डे, प्रचण्डमान श्रेष्ठ, बसन्त मिश्र, बासु त्रिपाठी, विजय अमात्य, मदन आचार्य र महेन्द्रसिं थापा छन् । त्यस्तै पूर्वपर्यटन राज्यमन्त्री याङकिला शेर्पा, योगेन्द्र शाक्य, रविजंग पाण्डे, राज ज्ञवाली, रोशन थापा, लाक्पा सोनाम शेर्पा, शिव ढकाल, सञ्जय चौधरी, सिर्जना राणा, सुमन पाण्डे, सुरेशमान श्रेष्ठ, सुनिल शाक्य र सुबोध राणा पनि यही समूहमा छन् ।
मन्त्री अधिकारीका प्रेस संयोजक धुव्र पोखरेलका अनुसार, सबै विज्ञ अवैतनिक रुपमा नियुक्त गरिएका हुन् । यीनको समयसीमा पनि तोकिएको छैन । यी विज्ञले बेला बेला गठन हुने कार्यदलमा विज्ञका रुपमा काम गर्नेछन् । यसका समूहको अध्यक्षता मन्त्री अधिकारीले गर्नेछन् भने पर्यटन राज्यमन्त्री, सचिव र सहसचिवहरु पनि रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पर्यटनमन्त्री अधिकारीले नियुक्त गरे ४९ जना ‘थिंकट्यांक’
Previous Articleप्रधानमन्त्री ओली र मोदीले अरुण तेस्रोको शिलान्यास गर्ने
Next Article वनबाट एक बर्षमा एक लाख रोजगारी सिर्जना गरिदै