बागलुङ, २१ बैशाख – ताराखोला गाउपालिका वडा न ४ र ५ ले सयुक्त कार्यक्रमको आयोजना गरि वडा सचिब तेजराज गौतमलाई बिदार्इ गरेको छ । बागलुङ नगरपालिका वडा न ७ स्थायी घर भै २०६८ मंसिरदेखि साबिक तारा गाबिसको सचिब संगै वडा न ४ र ५ को सचिबको रुपमा कार्यरत गौतम धौलागिरी अञ्चल यातायात ब्यबस्था कार्यालय बागलुङमा सरुवा भए पछि २ वटै वडाले सयुक्त रुपमा खादा र मायाको चिनो सहित बिदाई गरेका छन् ।
बिदाइ कार्यक्रम मा मन्तव्य ब्यक्त गर्ने अधिकांश ब्यक्ताहरुले जनप्रतिनिधि बिहीन अबस्था रहदा सचिब तथा अध्यक्षको कार्यभार सहित गौतमले खेलेको भुमिका प्रशंसनीय रहेको बताए । संक्रमणकालीन अबस्थामा पनि उत्कृष्ट कार्य सम्पादन गरि गाबिसलाई कुशल नेतृत्व प्रदन गरेको भन्दै सचिब गौतमको खुलेर प्रशंसा गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धन बहादुर बिक, ताराखोला गाउपालिकाका प्रमुख राजनीतिक सल्लाहकार नरेश केसी, नेपाली काङ्ग्रेस का कलाधर सुवेदी, दुर्गा भवानी माबिका प्रअ टेक बहादुर घर्ती, वास संयोजक भिमा रोका, ताराखोला स्वास्थ चौकी प्रमुख लक्ष्मण कडेल लगायतले बिदार्इ मन्तव्य राखेका थिए ।
सचिव गौतमले ताराखोलामा रहदा बस्दा र कामकाजको शिलशिलामा भोगेका अनुभवहरु ब्यक्त गरेका थिए । बिदार्इको क्रममा ब्यक्त गरिएका अभिव्यक्तिले सबैलाई भाबुक बनाउदै सबैका आँखा रसाएका थिए । कार्यक्रम वडा न ५ का वडाध्यक्ष राम बहादुर रोकाको अध्यक्षता, वडा न ४ का अध्यक्ष जित बहादुर खत्रीको स्वागत र पूर्णभद्र निउरेको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleचिनियाँ विदेश मन्त्री वाङ र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता
Next Article मेरो कोखको ‘खुसी’