म्याग्दी, १५ बैशाख– जिल्लाको रघुगंगा गाउँपालिका–६ ठाडखानी गाउँ चिनाउने लोकदोहोरी गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । ‘कला र संस्कृति ठाडखानीको’ बोलको गितलाई क्रियटिभ मिडिया प्रोडक्सनले युट्युब मार्फत बजारमा ल्याएको हो । प्रविन छन्त्यालको शब्द तथा लय सिर्जना रहेको उक्त गितमा अर्जुन सुनाम र विन्दु परियारले स्वर भरेका छन् । सो गीतको शब्द मनबहादुर बुढाथोकी, करन छन्त्याल, नरप्रसाद छन्त्यालले सम्पादन गरेका थिए । ठाडखानी गाउँभित्र रहेका धार्मिए तथा ऐतिहाँसिक ठाउँ र परम्परागत कला संस्कृतिहरुलाई समेटेर तयार गरिएको उक्त गित र म्युजिक भिडियोमा दिपीना छन्त्याल र अर्विन छन्त्याल लगायतले अभिनय गरेका छन् । क्रियटिम मिडिया प्रोडक्सनका भुपेन बानियाँले निर्देशन तथा छायाङ्कन गरेको सो म्युजिक भिडियोमा विशाल गोतामे र अनुप बानियाँको सह–छायांकनको भुमिका रहेको छभने म्युजिक भिडियोको छायांकनमा राजकुमार परियारले कोरियोग्राफर र सुस्मिता श्रेष्ठले मेकअपमा भुमिका खेलका छन् ।
धौलागिरी हिमाल काखैमा बोलको गीत सार्वजनिक
म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रलाई समेटेर तयार पारिएको ‘धौलागिरि हिमाल काखैमा’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । रघुगंगा गाउँपालिका–७ चिमखोलाकी गायिका मनमाया घर्तिको एकल लोक भाकाको गीतलाई म्युजिक भिडियोसहित हिम सम्झौता म्युजिक प्रा.लि.बाट म्युट्युबमार्फत सार्वजनिक गरिएको हो । ग्रामीण जिवनशैली र दग्नाम, दरमिजा, चिमखोला, चौरखानी लगायतका ठाउँको ऐतिहाँसिक एवम धार्मिक स्थलहरुलाई समेत समावेश गरिएको उक्त गीतमा पछिल्लो समय चर्चामा रहेकी म्याग्देली मोडल पूर्णिमा बि.सी.ले अभिनय गर्नुभएको छ । रघुगंगा गाउँपालिका–४ दग्नाममा जन्मिएर अन्नपूर्ण गाउँपालिका–३ दानामा बस्दै आएकी मोडल विसीले यसअघि साढे १ दर्जनबढी गितहरुमा अभिनय गरिसकेका छन् । यसअघि ‘के काम गाई पालेर’ बोलको रोइला गीत र ‘रोइ रहन्छ यो मन सानु’ बोलको गीतमा स्वर दिइसकेकी गायिका घर्तिले गाउँघरको कला संस्कृति र जनजिवनलाई झल्काउने गरि गीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याइएको बताइन ।
Previous Articleअमेरिकाले नेपालीको टिपिएस खारेज ग¥यो
Next Article जनताका भावना समेटेर प्रदेशको बजेट बनाउन सुझाव