पर्वत, १५ बैशाख– प्रदेश नं. ४ का उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्री बिकास लम्सालले प्रदेश अन्तर्गतका सवै स्थानीय तहमा उद्योग ग्राम सञ्चालनमा ल्याउने बताएका छन् । शुक्रबार पर्वतमा आयोजित एक कार्यक्रमका अवसरमा मन्त्री लम्सालले प्रदेश नं. ४ अन्तर्गतका महानगरपालिका सहित नगरपालिका, गाउँपालिका लगायतका सवै स्थानीय तहमा उद्योग ग्रामको विकास गर्ने बताएका हुन् । जनक माध्यमिक बिद्यालय कुश्मा नगरपालिका पिपलटारीकोे ५९ औ वार्षिकोत्सब , अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहमा बोल्दै लम्सालले मुलुकको युवा जनशक्ति रोजगारको शिलशिलामा विदेशिन बाध्य भएको तथ्य औल्याउँदै युवाहरुलाई स्थानीय स्तरमा नै उद्योग मार्फत रोजगार सिर्जना गरेर गाउँमा नै रमाउने बनाउने अवधारणा प्रदेश सरकारले लिएको बताए ।
विगतमा उद्योग दर्ता प्रक्रियाको जटिलता र झण्झटिलो अवस्थालाई समेत निराकरण गरी उद्योग सञ्चालन गर्न चाहने जो सुकैलाई पनि सरकारले सहज रुपमा उद्योग दर्ता गराउने व्यवस्था मिलाउने उनले बताए ‘उद्योग दर्ता गरेर रोजगारीको अवसर सिर्जनागर्न खोज्ने जो कोहीलाई पनि उद्योग ग्राम अन्तर्गत उद्योग सञ्चालन गर्न सहज वातावरण तय गर्ने हाम्रो अठोट छ’ उनले भने ‘अब प्रदेश ४ का ८५ स्थानीय तहमा एक तह एक उद्योग ग्राम (गाउँ) को विकास गर्ने छौँ’ त्यसका लागि सरकारले उपयुक्त जग्गा अधिकरण गरेर उद्योग सञ्चालन गर्न चाहनेलाई लिजमा उपलब्ध गराउने नीति निर्माण गरिएको समेत उनले बताए ।
उनले स्रोत साधन र पर्याप्तताको आधारमा पारदर्शी रुपमा प्रदेश सरकारले घोषणा गरेका योजना कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । मन्त्री लम्सालले राष्ट्रिय गौरवका आयोजना बाहेकका अन्य आयोजना प्रदेश सरकारले हेर्ने भन्दै यसक्षेत्रको विकास र समृद्धिका लागि अहोरात्र लागिरहने बताए । शिक्षा , स्वास्थ्य, खानेपानी तथा रोजगारीको क्षेत्रमा यो ५ वर्षको अवधिमा जनताले महसुस गर्ने गरि काम गरेर देखाउने प्रतिबद्धता ब्यक्त गर्दै बन्द हुनलागेका उद्योग कलकारखानालाइ पुनर्जीवन दिई प्रशस्तै रोजगारिका अवसर सिर्जना गर्ने समेत उनले वताए । सोही कार्यक्रमका अवसरमा मन्त्री लम्सालले जनक माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर विकास सँगै भौतिक विकासका लागि ५ लाख सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
सोही अवसरमा उनले थुम भजन मण्डली लाई सांस्कृतिक सामाग्री प्रदान गरेका थीए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद सुबेदीको अध्यक्षतामा सम्पन्न समारोहमा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य मनरुपा शर्माले सामुदायिक विद्यालयले अन्यकुरामा नभइ गुणस्तरीय शिक्षामा प्रतिस्पर्धा गर्नुपर्ने भन्दै शैक्षिक गुणस्तर सुधार्न शिक्षक, अभिभावक राजनितीक दल लगायत सबैको उत्तिकै दायित्व रहेको कुरा औंल्याइन् । , कार्यक्रममा कुश्मा नगरपालिकाका कार्यकारी प्रमुख सुवास लामिछाने, कुश्मा नगरपालिका वडा नं १० का अध्यक्ष सुजन बिक अमर, वडा नं ११ का अध्यक्ष शिव प्रसाद पौडेल , पुर्णेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक सरोज केसी , लगायतले शुभकामना मन्तब्य राखेका थिए । उक्त समारोहमा प्रधानअध्यापक टेकनाथ अधिकारीले विद्यालयको शैक्षिक गतिविधि तथा आय ब्यय प्रस्तुत गरेका थिए । सोही अवसरमा विद्यालय तथा कुश्मा नगरपालिका वडा नं १० का नागरिकको तर्फबाट मन्त्री लम्साललाइ दोसल्ला ओढाएर सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।
२०१६ सालमा स्थापना भएको बिद्यालयमा विगत देखि अहिले सम्म विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यक्तित्व तथा चन्दा दातालाइ सम्मान गरिएको थियो । विद्यालयका शिक्षक भीमराज सापकोटाको सञ्चालन रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य देवि प्रसाद अधिकारीले स्वागत गरेका थिए । कार्यक्रममा स्थानीय द्वारा भजन किर्तन तथा विद्यार्थीहरू बाट विविध साँस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गदै मन्त्रिलाई स्वागत गरिएको थियो ।
उद्योग दर्तामा झण्झटिलो प्रक्रिया अन्त्य हुन्छ – मन्त्रि लम्साल
Previous Article२०७५ वैशाख १५ गते शनिबारको राशिफल
Next Article अमेरिकाले नेपालीको टिपिएस खारेज ग¥यो