बागलुङ, १५ बैशाख – निर्माण ब्यबसायीहरुको शुक्रवार भएको भेलाले निर्माण ब्यबसायी संघ गल्कोट गठन गरेको छ । गल्कोट नगरपालिका बडा नम्बर ३ हटियामा सम्पन्न भेलाले योगेश भण्डारीको अध्यक्षतामा ७ सदस्यीय निर्माण ब्यबसायी संघ तदर्थ समितिको गठन गरेको हो । समितिको उपाध्यक्ष मञ्जु शर्मा चालिसे, सचिव वीरजंग भण्डारी, कोषाध्यक्ष कृष्ण अधिकारी, सदस्यहरुमा देबराज पाठक राजु, कल्पना थापा, नरमायाँ भण्डारी चयन भएका छन् ।
नव गठिन समितिले गल्कोटमा रहेका निर्माण ब्यबसायीलाई संगठित गरि ब्यबस्थित रुपमा निर्माण कार्य सञ्चालन गर्ने छ । भेलाले तदर्थ समितिलाई सस्थाको बिधान तयार पारि दर्ता गर्ने, सस्थाको कार्यालय गल्कोट नगरपालिका बडा नम्बर ३ हटियामा राख्ने लगाएतका जिम्मेबारी प्रदान गरेको नबगठित संघका अध्यक्ष भण्डारीले वताए । गल्कोटमा पछिल्लो समयमा अत्याधिक रुपमा भएको निर्माणका कार्यलाई प्रभाबकारी तथा ब्यबस्थित रुपमा सञ्चालन गर्ने उद्देश्यले निर्माण ब्यबसायि सघंको गठन गरिएको भण्डारीले वताए ।
योगेश भए अध्यक्ष, गल्कोट निर्माण ब्यबसायी संघमा
Previous Articleमित्रवत् सम्बन्धबाटै मुलुकको समृद्धि र प्रगति
Next Article २०७५ वैशाख १५ गते शनिबारको राशिफल