बेइजिङ, १४ बैशाख – चीनका राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार चीनको हुवेइ प्रान्तस्थित उहान शहरमा भेटवार्ता भएको छ। चीन भ्रमणमा रहेका मोदीलाई राष्ट्रपति सीले शहरको एक सङ्ग्रहालयमा स्वागत गरेका थिए। उक्त अवसरमा दुवै देशका नेताले भारत र चीनबीचको सीमा विवादले निम्त्याएको समस्या समाधानका लागि आयोजित शिखर सम्मेलनमा दुई देशका हिमाली क्षेत्रमा लामो समयदेखि देखिँदै आएको अविश्वासको अवस्थालाई निवारण गर्न नयाँ अध्याय शुरू गर्ने बिषयमा केन्द्रित भएको बताइएको छ।
उक्त अवसरमा नयाँ दिल्लीबाट चीन पुगेको प्रतिनिधिमण्डलले बेइजिङले अघि सारेको ‘बेल्ट एन्ड रोड’, विश्व व्यापारका लागि आधारभूत संरचना, पाकिस्तान प्रशासित काश्मिरका प्रमुख कार्यक्रम लगायतका बिषयमा चासो उठाएको बताइएको छ। नयाँ दिल्लीले पाकिस्तानी काश्मिरी इलाकालाई गैरकानूनी रूपमा ओगटेको विवादित भूमिका रूपमा लिने गरेको छ।
शुक्रबार सङ्ग्रहालयको अवलोकनपछि केही समय बैठक भएको थियो। शनिवार प्रधानमन्त्री मोदी इस्ट लेकमा डुङ्गा भ्रमण गरी पुनः बैठकमा सहभागी हुने कार्यक्रम छ । चिनियाँ राष्ट्रपति सीलाई उद्धृत गर्दै राज्य सञ्चालित सिसीटीभीले भनेको छ, “मलाई विश्वास छ कि भारतीय प्रधानमन्त्री र म यस बैठकबाटै चीन–भारतबीचको सम्बन्धमा नयाँ अध्याय बनाउनका लागि मार्ग प्रशस्त गर्न सफल हुनेछौँ,” चिनियाँ राष्ट्रपति सीले भने।
दुईदेशले पछिल्लो समयमा असल सम्बन्ध कायम राख्न सफल भएका छन् र आगामी दिनमा सवै क्षेत्रमा निकट साझेदार र सहकार्यका साथ अघि बढ्न आफूले चाहेको नेता सीले बताए। हाम्रा देशहरूबीच रहेको मित्रवत सम्बन्धलाई निरन्तर मजबुत पार्दै ‘याङ्से तथा एलो रिभर’ जस्तै नरोकिने गरी अघि बढ्नेछन्। उक्त अवसरमा भारतीय प्रधानमन्त्री मोदीले आफूलाई दुई पटकसम्म बोलायर भेट गरेको भन्दै चिनियाँ प्रधानमन्त्री सीलाई धन्यवाद ज्ञापन गरेका थिए। यसले उनको भारतप्रतिको माया र मित्रतालाई देखाएको छ।
विश्वको करिब ४० प्रतिशत जनसङ्ख्या रहेको चीन र भारतलाई विश्वका धेरै समस्या हलगर्ने जिम्मेवारी रहेको र राष्ट्रपति सीसँगको भेट यसका लागि ‘बृहत अवसर’ भएको बताए। राष्ट्रपति सी र मोदी आफ्नै नारालाई स्मरण गर्दै भने, “तपाईको ‘नयाँ युग’ को सपना र हाम्रो ‘नयाँ भारत’ भन्ने धारणा विश्वको उपलब्धिका लागि सही कदम हुनेछ।” दुवै देशका नेताले सीमा तथा अन्य विवादलाई प्रत्यक्ष उल्लेख गरेका थिएनन्। दुई देशका नेताबीचको ‘अनौपचारिक’ भनिएको भेटवार्ता शनिवार पनि हुने अधिकारीहरूले जनाएका छन्। एजेन्सी

In this photo released by the Indian Ministry of External Affairs, Indian Prime Minister Narendra Modi, left, shakes hands with Chinese President Xi Jinping in Wuhan, China, Friday, April 27, 2018. The leaders of India and China met at a lakeside resort in central China on Friday amid tensions along their contested border and a rivalry for influence among their smaller neighbors that could determine dominance in Asia. (Indian Ministry of External Affairs via AP)