बागलुङ, १० बैशाख– विद्यार्थीलाई लागु औषध बारेमा सचेतना दिने उद्देश्यले यहाँको एक बिद्यालयले नागरिक सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रामरेखा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बागलुङको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय बागलुङको सहयोगमा बागलुङको चिल्ड्रन लाईफ इङ्गलिस बोर्डिङ स्कुलले नागरिक सचेतना प्रशिक्षण दिएको हो ।
बिद्यार्थीलाई लागु औषध दुव्यसनीबाट जोगाउँदै सभ्य समाज निर्माण तथा वाल वालिकको उज्वल भविस्य निर्माणका लागि प्रशिक्षण कार्यक्रम गरीएको बिद्यालयले जनाएको छ । कार्यक्रममा प्रहरी नायव उपरिक्षक विश्वराज सिह थापाले विद्यार्थीहरुलाई सचेतनात्मक प्रशिक्षण दिएका थिए । उनले लागुपदार्थको उत्पादन, यसका असर लागुपदार्थ प्रयोग गर्ने व्यक्तिका लक्षण दुव्र्यसनमा फस्ने कारण, यसको परिणाम तथा हुने क्षती को बारेमा विद्यार्थीहरुलाई जानाकारि दिएका थिए ।
थापाले लागुऔषध उत्पादन कर्ता, वितरक तथा प्रयोगकर्ता हरुलाई दिएने कानुनि सजायको बारेमा समेत जानाकारि दिएका थिए । कार्यक्रममा विद्यालयका कक्षा ९ र १० का झण्डै ७० जना विद्यार्थीको सहभागि रहेका थिए । बिद्यालयले सकरात्मक सोतच निर्माण र लागु औषधको बिषयमा सचेत गराउन प्रशिक्षण दिएकोमा खुसी व्यक्त गर्दै बिद्यार्थीहरुले बिद्यालयलाई धन्यवाद दिएका थिए । कार्यक्रम रामरेखा सामुदायिक सेवा केन्दका अध्यक्ष दुर्गाबहादुर आचार्यको अध्यक्षता सेवा केन्द्रका उपाध्यक्ष शम्भु आचार्यको स्वागत तथा महासचिव लक्ष्मी बोहोराको संचालनमा सम्पन्न भएको थियो ।