सरकारले बिरामीले नबुझ्ने गरी स्वास्थ्य संस्था तथा चिकित्सकहरुले लेख्ने गरेको औषधिको सिफारिस तथा उपचारको विवरण पाईएमा कार्वाही गर्ने निर्णय गरेको छ । सर्वसाधारणका हिसाबले यो निकै नै महत्वपुर्ण निर्णय हो । गाउँघरमा एउटा भनाई छ– जब कोही पनि मानिसले अर्को कुनै मानिसले नबुझने खालको अक्षरहरु लेख्यो भने त्यसलाई सिधा डाक्टरी अक्षर भन्ने गरिन्छ । जुन अक्षरहरु सामान्य नागरिकले बुझ्न सक्दैनन् र सोही क्षेत्रमा भिजेका वा लामो समयसम्म काम गरेकाले मात्रै त्यो खालको भाषा बुझ्छन् र बिरामीले औषधि तथा उपचार पाउने गरेका छन् । देशमा निरक्षरताको प्रतिशत निकै कमी रहेको बेला एक हदसम्म डाक्टरले लेखेको सल्लाह र उपचार सोही कार्यमा संलग्न हुनेले मात्रै बुझ्दा पुथ्र्यो होला तर अहिले त्यो अवस्था छैन् ।
सरकारले देशका सबै नागरिकलाई साक्षर बनाउँदै निरक्षरता उन्मुलन गर्ने दिशामा अगाडि बढिरहेको छ । यो अवस्थासम्म आईपुग्दा अहिलेको नयाँ पुस्ताले नेपालका स्वास्थ्य संस्थामा चिकित्सकले प्रयोग गर्ने अंग्रेजी भाषा समेत कुनै न कुनै रुपमा बुझ्छन । बिरामी तथा बिरामीका आफन्तले भाषा बुझ्न सक्ने अवस्थामा उनीहरुले उपचारमा संलग्न हुने कुनै अर्को चिकित्सकले त्यो विवरण हेर्नुभन्दा पहिला आफुलाई भएको समस्याको बारेमा जानकारी तथा औषधि उपचारको बारेमा जानकारी लिन सक्ने अवस्वथा रहन्छ तर चिकित्सकले डाक्टरी अक्षरको प्रयोग गर्दा नागरिक त्यो सुबिधाबाट बञ्चित भएका छन् । डाक्टरी अक्षरहरुकै कारण चिकित्सक तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीको लार्पवाहीले बढावा पाईरहेको छ । स्वास्थ्यकर्मीले लार्पवाही गर्दा समेत भाषा नबुझेकै कारण सर्बसाधारण मारमा छन्भने कहिलेकाँहि गलत औषधि तथा उपचारका कारण बिरामीले ज्यानको आहुती दिन बाध्य छन् । चिकित्सकले बिरामी पुर्जामा लेख्ने भाषा बुझिने मात्रै होईन नेपालका अस्पतालमा बिदेशी नागरिकलाई बाहेक नेपाली नागरिकको उपचारमा संलग्न हुने चिकित्सकले प्रयोग गर्ने भाषा नेपाली भाषा वा स्थानिय मातृभाष हुन जरुरी छ ।
चिकित्सकले अधिकतम् प्रयोग गर्ने अंग्रेजी भाषा अहिलेको नयाँ पुस्ताले बाहेक पुरानो पुस्ताले बुझ्दैनन् । भाषा नबुझेकै कारण आफुलाई भैरहेको समस्या र समाधानका बिषयमा नागरिक अनबिज्ञ जस्तो बनिरहेका हुन्छन् । चिकित्सकले बिरामीको र उसलाई लागेको रोगको बिषयमा बताउँछन् तर बिरामीले आफ्नै बिषयमा दिएको औषधि र उपचारको बिषयमा कुरा नबुझ्दा धेरै समस्या हुने गरेको छ । त्यसैले औषिधि उपचारमा संलग्नले बिरामीले बुझ्ने भाषामा जानकारी दिनु पनि अर्को महत्वपुर्ण बिषय हो । सरकारले औषधि उपचारको विवरण लेखनमा बुझिने गरी लेख्न दिएको निर्देशनलाई पालना गराउँदै उपचारमा संलग्न चिकित्सक र उपचार लिने बिरामी दुबैलाई सहज बनाउनका लागि आवश्यक व्यवस्थापकीय पाटो निर्माण गर्नु नागरिकको कर्तव्य हो । सरकारले दिएको निर्देशनका आधारमा आजैदेखि विवरण लेख्दा चिकित्सक वा अधिकार प्राप्त स्वास्थ्यकर्मीको आफ्नै पहिचान खुल्ने नाम, थर तथा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाणपत्र नम्बर समेत खुल्ने गरी लेख्ने र सो औषधि र उपचारको बिषयमा प्रष्टसँग बिरामीलाई बतउाने वातावरण सिर्जना गर्न आजैदेखि लागौं ।
Previous Articleसहयोग जुटाएर विद्यालय भवन पुनःनिर्माण
Next Article २०७५ वैशाख ९ गते आईतबारको राशिफल