बागलुङ, ७ बैशाख– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियतालाई जोगाउन कांग्रेसले ठुलो योगदान गरेको बताएका छन् । लोकतान्त्रिक पद्धतिमा भएको निर्वाचनमा हार ब्यहोर्नु परेका कारण अहिलेलाई कांग्रेस सत्ता बाहिर रहेको भएपनि राष्ट्रियताको रक्षाको लागि सधैं तयार रहेको पौडेलको भनाई थियो । नेपाल प्रेस युनियन बागलुङले बिहिबार बिहान बागलुङ बजारमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा बोल्दै पौडेलले हिमाल, पहाड र तराईको एकताले मात्रै राष्ट्र बलियो हुने भन्दै अहिले सत्तामा रहेका दलहरुले त्यसको बेवास्ता गरेको आरोप लगाए ।
पुर्व उप–प्रधानमन्त्री रमेत रहेका पौडेलले देशका स्वतन्त्र निकायहरु कमजोर बन्दै गएको भन्दै अदालत, अख्तियार र मानवअधिकारको क्षेत्रमा काम गर्ने संगठनहरुले हस्ताक्षेपबाट मुक्त गर्नुपर्नेमा जोड दिए । ‘पछिल्लो समय संबैधानिक संस्था र लोकतन्त्र कमजोर हुँदै गएको छ’ पौडेलले भने ‘जबसम्म संबैधानिक संस्थाहरु मजबुद र स्वतन्त्र हुँदैनन् लोकतन्त्र फस्टाउन मुस्किल पर्छ ।’ उनले लोकतन्त्रको रक्षा र विकास बिना मुलकमा दिगो शान्ति स्थापना हुन नसक्ने भन्दै जनताले चुनेको संस्था मात्र सरकार नभएको बताए । संघियताको सहि कार्यान्वयन हुनुपर्ने चर्चा गर्दै उनले संघियता असफल भए मुलुकमा अस्थिरता पैदा हुने र त्यसको असर दिर्घकालिन रुपमा देशका सबै राजनीतिक दलमा तथा आम सर्वसाधारणमा पर्ने धारणा ब्यक्त गरे ।
पौडेलले कांग्रेसले अब संघियता अनुसारको बिधान र बिधान अनुसारको पार्टी संरचना तायर गर्ने स्पष्ट पारे । मुलुकमा बामपन्थी शक्तिले बिभिन्न नाटक मञ्चन गरेको आरोप लगाउँदै पौडेलले मुलुकलाई धरापमा पर्नबाट जोगाउन लोकन्त्रवादी शक्तिहरुले बिशेष भुमिका निर्वाह गर्नुपर्ने बताए । पौडेलले पार्टि भित्रका गुट उपगुटको अन्त्य र पार्टिको सुद्धिकरणको बेला आएको समेत बताए । निर्वाचनका बेला भएका कमि कमजोरीको निर्भम समिक्षा गर्नुपर्ने भन्दै पौडेलले पार्टि भित्रबाट भएको गल्तीको जिम्मेबारी नेतृत्वले लिनुपर्ने बाताए । कार्यक्रम नेपाल प्रेस युनियन बागलुङ शाखाका कार्यबाहक अध्यक्ष प्रदिप पन्तको अध्यक्षता, सह–सचिव सुवास आचार्यको स्वागत र सचिव संगम घर्तिको संचालनमा सम्पन्न भएको थियो । बुधबार बागलुङ बजारमा आयोजित पार्टी कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन काँग्रेसका बरीष्ठ नेता पौडेल बागलुङ आएका हुन् ।
Previous Articleगलकोटमा आधुनिक मुर्तिकला कार्यशाला
Next Article निजी विद्यालयमा शुल्कबारे अन्यौलता