बागलुङ, ६ बैशाख– नेकपा एमाले सचिव तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि कोकर्ण बिष्टले एमाले माओवादी पार्टि एकतामा संका नगर्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । बागलुङको खर्वाङमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै बिष्टले यस्तो बताएका हुन् । ‘पार्टिको एकताका बिषयमा कसैले पनि संका गर्नुपर्ने ठाउँछैन्’ बिष्टले भने ‘दुवै पार्टि भित्ररहेका केही असहमतीहरुलाई टुंगो लगाएर पार्टि एकताको कामले छिट्टै पुर्णता पाउँने छ ।’ केही प्रबिधिक बिषयमा सहमतीहुन बाँकी रहेकाले बैशाख ९ गतेको समय सिमा सरेको भएपनि बैशाख महिना भित्रमानै पार्टि एकता हुने बिष्टले ठोकुवा गरे ।
कार्यकर्तामा रहेको भ्रम र उच्च तहमा भएको छलफलको बिषय दुवैलाई निस्कर्षमा पु¥याएरै छोड्ने बिष्टको जिकिर थियो । उनले तल्लो तहबाट कार्यकर्ताहरु एकताको लागि तयारी अवस्थामा रहन समेत आग्रह गरे । फरक प्रसंगमा बोल्दै बिष्टले बागलुङ जिल्लाको ढोरपाटनमा निर्माणाधीन उत्तरगंगा जलाशययुक्त बिद्युत परियोजनालाई लिएर पछिल्लो समय संशय उत्पन्न भैरहेको भन्दै उक्त योजना बागलुङमै बन्नु पर्ने बताए । परियोजना बागलुङ तर्फ संचालन गर्ने कि रुकुम तिर गर्ने भन्ने विषयमा विवाद भैरहेको चर्चा गर्दै विष्टले बागलुङका जनता समेत सचेत हुन आग्रह गरेका गरे ।
परियोजना बागलुङ र रुकुमको भागमा रहेको ढोरपाटनमा जलासय निर्माण गरि बागलुङको निसीमा विद्युत गृह मार्फत उत्तरगंगाको पानी वडीगाडमा खसाली सम्पन्न हुँदा गुल्मी बागलुङका जनताले थप सुविधा पाउने छन् । कार्यक्रममा प्रदेश सांसद खड्क केसी, जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसाल, नेकपा माओवादी गुल्मी जिल्ला अध्यक्ष वीर वहादुर कार्की, मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, वडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, मदाने गाउँपालिकाका अध्यक्ष दान वहादुर केसी, नेकपा एमाले संघिय मामिला तथा स्थानिय विकास विभागका केन्द्रिय सदस्य सुनिल शेरचन लगाएतको सहभागिता रहेको थियो ।