कृष्ण प्रसाद शर्मा
हामी विकासप्रेमी हौं की, बिरोधी त्यो थाहा भएन । विश्वविद्यालयमा ग्रमिण बिकासको स्नातकोत्तरको पढाई गराईरहेका छौं । तर रारामा पुगेर भनेका छौं । अब वाईफाई फ्री बनाईन्छ । अहिलेको विश्व सूचनाको युग हो यसमा दुई मत छैन तर हामी जसरी दिगो विकासमा बन सम्पदा वा खनिजको प्रयोग गर्दा वतर्मानलाई मात्र हेरेर हुन्न भन्छौं त्यस्तै विकास पनि अहिलेलाई मात्र हेरेर पुग्दैन । अहिले विकास भनेको बाटो चौडा पार्नु, स्थानिय खाना खाईराखेको ठाउँमा चाउचाउ वा जङक पुड र्प¥याउनु वा वाईफाई पुर्याउनु भन्ने बुझिन्छ । सबै ठाउँमा चाउचाउ, चाक्लो बाटो र वाईफाई पुग्नु पर्ने विकास सबैले बुझेको बिकास नहोला । हाम्रा आधुनिक औषधी प्रणाली विकास नहुने बेलासम्म हाम्रा हजुरबा हजुरआमाले खाने औषधी अर्थात ओखती आज हराएर गएको छ । जसलाई पश्चिमाहरू ईथ्नो मेडिसिनका रुपमा खोजी गरिरहेका छन् । शहरी क्षेत्रमा जति विकास भनेर बाटो चौडा वा बाटो खन्नेलाई भनिएको छ अहिले गाउँ–गाउँमा पनि त्यस्तै स्थिती छ । गाउँमा बाटो खन्ने भनेर अहिले कुनै ठाउँ खाली छैन । बिकास गर्ने नाममा विनास भएको छ । हामीले बिदेशी पयर्टक आओस् भन्ने चाहन्छौ बिदेशीले नेपालबारे एउटा छाप लिएर आएको हुन्छ तर हामीले गरेको विनासको विकासले उसलाई गलत छाप परेको हुन्छ । हामीले ट्रेकिङ रुट मासेर गाडी जाने बनाएका छौं । हो गाडी जाँदा मुस्ताङका स्याउले बजार पायो तर त्यहाँ स्याउ बेचेर चाउचाउ खाने पनि चलन भित्रियो । प्रधानमन्त्री रारा पुग्नु भयो । पयर्टन प्रवर्धनका लागि घोषण समेत गर्नुभयो तर आफ्नै अगाडीको मिनरल वाटरले राराको पानीको खिल्ली उडाईरहेको थियो । हामीले गर्ने विकास ग्रामिण स्तरको परिस्थिती अनुसार गरे बल्ल दिगो होला नत्र पैसा तिरेर ट्वाईलेट प्रयोग गरेर कति दिन चल्छ गाउँमा ।
बिकास भनेको भएका बारीमा डोजर लगाउने, सबै बारी घडेरी भन्ने, त्यही अनुरुप बेच्ने र काठमाण्डौ वा शहरका कुनै एउटा घरको छतमा गमलामा तरकारी लगाएर आत्मनिभर्र बनाउने कुरा जस्तो भयो । अहिले हामीले जे छ त्यसलाई नै संरक्षण गर्दै थपिएका अरु आधुनिक कुरालाई अपनाउनु पर्ने हो । भुटानमा भएको विकास, सिक्किममा भएको विकासले आधुनिकिकरणलाई अंगालेर पनि पुरानो पद्धतिलाई छोडेको छैन । प्राङगारिक खेती भुटान र सिक्किमको नमुना नै हुन । जसले रासायनिक मललाई निस्तेज नै गरिदियो त्यहाँ । हामीले भर्खर काठमाण्डौमा प्रहरी र स्थानियको भिडन्त देख्यौ त्यसमा रैथानेको बासको उठीबास मात्रै होईन त्यहाँका कला सम्पदा समेत सक्ने गरी काम भईरहेको छ । पहरो छेडेर, ठुलो रुख नै छेडेर जसरी स्थानिय सम्पदा जोगाउँदै बिकास पनि गरेका छन् त्यसलाई हामीले हेर्न जरुरी छ ।
हामीले धार्मिक स्थलमा पुग्न जसरी पनि मोटरे बाटो बनाउन तिर लाग्दछौं । खासमा कतिपय ठाउँमा अरु उपाय पनि गर्न सकिन्छ । कतै केवुलकार कतै आधुनिक रोपवे तर हामीले बिसौं बर्ष पहरा फोरेर बाटै लानु पर्ने बाध्यता सृजना गरेका छौं । साँसदहरूको टिकट पाउने मापक भनेकै बाटो हुन थाल्यो । शिक्षा र स्वास्थ बारे कम बहस हुन थाल्यो । लाखौं पैसा लिने बोर्डिङ बारे उच्चहरू बोल्दैनन् । चुरे पर्वत खनेर मरुभूमीतुल्य भएको छ । देशका कुनै पानी खोला र नदी गिट्टी र बालुबा नआसारे छैन । हामीले जेसलाई बिकास भनेका छौ त्यो बिकास होईन । हामीले सोचेको विकासले हाम्रो मौलिकता सबै सकेर केवल कंक्रिट र अग्ला भवन मात्रै राख्ने स्थितिमा छ । बेलायतमा आज भन्दा दुईसय बर्ष पहिले समान ओसार्ने साना–साना नहर आजका दिन सम्म पनि सुरक्षित छन् । त्यहाँ बरू तिन मै स–साना डुङगा राख्न दिएर बरु पयर्टक हेर्न आउने बनाईएको छ तर पुरिएको वा भत्काईएको वा मासिएको छैन । हामीले मेल आए पछि घट्टलाई छोडेनौं मात्र पुरेरै छोड्यौं । छाउपडीको झुपडी भत्तकाउन बरू गाह्रो भयो तर स्थानिय कुरा भत्काएरै सकेका छौं । हामीले अहिले गरिरहेको बाटो र चाउचाउको बिकासले मान्छेलाई गम्भीर स्वास्थ समस्या र पर्यावरणको क्षयीकरणले जोखिमपुर्ण यात्रामा छौं । आजै यो खाने र गुड्ने विकासलाई मात्र बिकास भनियो भने भोलीको दिन हामीहरूको झन दुखतपुर्र्ण हुनेछन् ।
Previous Articleइन्धन बोक्ने ट्याङ्करमा गाँजा तस्करी
Next Article ४ बैशाख २०७४, धौलागिरी स्टार साप्ताहिक