बागलुङ, १ वैशाख-अपांगता भएका व्यक्तिका अभिभावकहरुको स्वरोजगारमा सहकारीको भूमिका बिषयक अभिमूखिकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । आईएनएफको सहयोगमा अपांगता सरोकार संघले बागङ नगरपालिका र काठेखोला गाउँपालिकाका गरी ६ वटा वडाका २० जना अभिभावकहरुका लागि अभिमूखिकरण गरेको हो । उक्त अवसरमा अभिभावकहरुलाई दिएको बिउँ पूँजिलाई सहकारीको रुपमा लगानी गर्ने, व्यवसायिक तालिम दिएर व्यवसायमा संलग्न बनाउने तथा अपांगता भएकाहरुको जीवन यापनमा सहयोग गर्ने उद्धेश्यले संघले ४ बर्षदेखि त्यहा कार्यक्रम गर्दै आएको थियो । शुरुमा अपांगता भएकाहरुले आफ्नो नाम लेखाउन नचाहने, अभिभावकले आफ्ना बालबालिका अपांग छन् भनेर नभन्ने अवस्थाबाट अहिले खुलेर आउने तथा परिचयपत्र बनाउने चलन शुरु भएको सहभागिले बताए ।
तित्याङ, सिगाना, रेश, लेखानी, बिहुँ र तंग्राममा गरी झण्डै ३ सय अपांगता भएकाहरुलाई संघले सहयोग गरिसकेको छ । अभिमूखिकरणमा संघका कार्यक्रम अधिकृत रामप्रसाद घिमिरे, अपांग उत्थान समाज पर्वतका अधिकृत जगन्नाथ सुवेदी र रविलाल कंडेल लगायतले सहजीकरण गरेका थिए । कार्यक्रम सकिनै लाग्दा अपांगता भएका व्यक्ति र उनीहरुको अभिभावकलाई व्यवसायमा संलग्न गराएर दिगो आयको वातावरण बनाउनका लागि अभिमूखिकरण गरिएको घिमिरेले बताए । कार्यक्रममा सहभागिको तर्फबाट काठेखोला गाउँपालिकाकी कार्यपालिका सदस्य शारदा थापा, भैरव थापा, भगवती कंडेल, धर्मराज आचार्य लगायतले बोलेका थिए ।
Previous Article‘कानुन संशोधनको गृहकार्य भइरहेको छ’
Next Article शैक्षिक सुधारको नयाँ मार्गचित्र