धेरै उतारचढावका बीच हाम्रो माझबाट २०७४ साल सकिएको छ । आजको एक दिन पछि २०७४ साल बिदा भएर २०७५ साल शुरु हुँदैछ । हरेक बर्ष नयाँ उत्साहका साथ आउने नयाँ बर्ष यस बर्ष पनि सारा नेपालीलाई थप जिम्मेबार र थप उत्साह लिएर आउने छ । बिसं २०७४ साल नेपालको संबिधान २०७२ को सफल कार्यान्वयनको बर्षको रुपमा चिनिएको छ । जसको कारण संघियता र संविधान लागू गर्ने सबालमा ऐतिहासिक बनेको छ भन्न सकिन्छ । संबिधानले परिकल्पना गरेको नयाँ संरचना अनुसार स्थानीय तह, प्रदेशसभा र संघिय संसदको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिमूलक राज्यव्यवस्थाको थालनी समेत भएको छ । सबै तहका जनप्रतिनिधिले काम थालीसकेकाले यो बर्ष संबिधानको कार्यान्वयनको हिसावले निकै महत्वपुर्ण बर्षको रुपमा रह्यो । २०७४ को सुरुवाती अर्थात बैशाख महिनाबाटनै सुरु भएको निर्वाचनका कार्यक्रमहरुले क्रमश तल्लो तह देखी उपल्लो तह सम्म सफलता हाँसील गरे । बैशाखमा देखी असोज सम्म बिभिन्न चरणमा भएका स्थानीय तहको निर्वाचन होस या बिभिन्न चरणमा भएको प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचन होस सफलता पुर्वक सम्पन्न भएर देशको लामो समय पछिको राजनीतिक गतिरोध अन्त्य भएको छ ।
त्यतिमात्र होईन बिभिन्न आरोह अवरोह र केही राजनितीक दलहरुको असमती तथा चुनाव खारेजीको मागका बाबजुद पनि झण्डै ७० प्रतिशत नागरीक सामेल हुने गरी भएका निर्वाचनले अव नयाँ बिकासको ढोका पनि खोलेको छ । संविधानको कार्यान्वयनका लागि निर्वाचन र बहुमतको नयाँ सरकार पाएको छ । नेपालको ईतिहासमा लामो समयपछि झण्डै दुई तिहाई बहुमत सहितको सरकार बनेको छ । यो सरकार स्थायी हुने र यसले देशलाई आर्थिक समृद्धिको बाटोमा लैजानेमा आम नागरिक ढुक्क छन् । बदलिँदो समयको मागलाई मध्यनजर गर्दै देशको बिकासमा धेरै कदमहरु अगाडि बढे । जुन कदमहरु २०७४ मा पनि अगाडी बढिरहेका छन् । देशव्यापी रुपमा भएको निर्वाचनको कार्यक्रमका कारण एथेष्ट बिकासेकाम हुन नसके पनि कर्मकाण्डी कामलाई भने २०७४ मा पनि कायम राखियो । तर अव बिकासका गतिले तीब्रता पाउनेमा धेरैले आस गरेका छन् ।
बर्षको अन्ततिर देशकै एकमात्र अन्तराष्ट्रिय बिमान स्थलमा भएको बिमान दुर्घटना र बर्षको सुरुवातीमा देशका बिभिन्न स्थानहरुमा भएका केही बाढी पहिरोका घटनाले केही निरासा थापेको थियो । केही अप्रिय घटनाको बाबुजुत राजनीतिक इतिहाँस रचना गर्नेमा भने यो बर्ष उपयोगी देखियो । बदलिएको समय सँगै आम नागरीकका आवश्यकता, इच्छा, चाहनाहरु पनि बदलिँदै जानु स्वभाविक हो । देशले २०७४ सम्म आईपुग्दा निकै ठुला ठुला राजनितीक परिवर्तनहरु गरेको छ । राजनितीक परिवर्तनको परिणाम र उपलव्धीलाई संस्थागत गर्ने वातावरण सँगै संबिधानको सफल कार्यान्वयन अवको आवस्यकता हो । नयाँ बर्ष २०७५ नेपाल र नेपालीका लागि आर्थिक समृद्धिको मार्गचित्र कोर्ने बर्षको रुपमा चिनियोस् । हामी सबैले आ–आफ्नो तहबाट देशको आर्थिक बिकास र जनताको समृद्धिको सपनालाई पुरा गर्ने दिशामा अगाडि बढ्नका लागि आवश्यक सबैखाले सहयोग गर्दै नयाँ बर्ष २०७५ लाई अर्को सफल बर्षको रुपमा ईतिहाँसमा लेखाउन आजैबाट काममा लागौं । नयाँ बर्षहरु आउँछन जान्छन तर हरेक नयाँ बर्षहरु बिषेश र फलदायक बनुन् हाम्रो तर्फबाट सम्पुर्ण देशबासीलाई शुभकामना ।
Previous Articleसंशोधनवादविरुद्ध बहसको आवश्यकता
Next Article २०७४ चैत २९ गते बिहिबारको राशिफल