बागलुङ, १९ असोज- हिमाल पारिको जिल्ला मुस्ताङबाट बागलुङ, पर्वत र पोखरामा दशैंका लागि २३ हजार च्याङग्रा भित्रिएका छन । यसअघिका वर्षमा भन्दा यस वर्ष ३ हजार बढी च्याङग्रा भित्रिएका पशु सेवा कार्यालयले जनाएको छ ।
यसअघिका वर्षमा तिब्बतबाट पनि च्याङग्रा ल्याउने गरिएको भएपनि यस वर्ष मुस्ताङमै च्याङ्ग्रा प्रशस्त भएकाले तिब्बतका च्याङ्ग्रा नल्याइएको ब्यबसायीले बताएका छन् ।मुस्ताङबाट १५ दिनअघि नै ल्याउन सुरु गरिएको च्याङग्रा म्याग्दी, पर्वतहुँदै पोखरा पुगेका छन ।
च्याङग्रा अहिले पोखरा २७ हेमजाको याम्दीलगायतका क्षेत्रमा छन् भने केही लुम्ले, काँडेतिरै छन् । सप्तमीदेखी मात्रै टुँडिखेलमा च्याङ्ग्रा भित्राउने गरिएको छ । टुँडिखेलमा असोज १८ गतेदेखी ‘दशैँ फुलपाती मेला’ शुरु भएपनि च्याङग्राको स्टल महङ्गो राखिएकाले फुलपातीदेखि मात्रै त्यहाँ च्याङ्ग्रा ल्याइने ब्यबसायी बताउँछन् ।
मुख्य बजारमा च्याङ्ग्रा नआईपुगेपनि ग्राहक भने याम्दी, हेमजा, लुम्ले, काँडे लगायतका क्षेत्रमै पुगेर खरिद गर्न थालेका छन् । वर्ष/वर्षमा मात्र च्याङ्ग्रा पाइने भएकाले सर्वसाधारण बाटोमै पुगेर च्याङग्रा खरिद गर्ने गर्छन् । कोहि भने रोजेर किन्न पाइने भएकाले लुम्ले/काँडेसम्मै पुगेर च्याङ्ग्रा खरिद गर्छन् ।
कास्कीका उपभोक्ताहरुलाई सहुलियतमा च्याङग्रा उपलब्ध गराउने उद्धेश्यले जिल्ला विकास समिति कास्कीले अघिल्लो वर्षदेखि कर उठाउन छाडेको छ ।
आफ्नो जिल्लामा उत्पादन नभएकोले यहाँ कर उठाउँदा अन्य जिल्लाबाट समेत कर उठाउन सक्ने भएकोले आफूहरुले यस वर्षपनि च्याङग्रामा शुल्क नलिएको कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले बताए । कास्की, पर्वत, बाग्लुङ, स्याङजा, तनहुँ लगायतका जिल्लाका विभिन्न ठाउँमा दशैंमा बढी च्याङ्ग्रा खपत हुने गरेको छ ।
दशैंका लागि २३ हजार हिमाली च्याङग्रा भित्रिदै
Previous Articleस्थानिय तह पुर्नसंरचनाको अन्योल हट्यो
Next Article आबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध