बागलुङ, २७ चैत– धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा मंगलवार बिद्यार्थी स्वागत तथा शुभकामना आदान प्रधान कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियु धवलागिरि बहुमुखी क्याम्पस कमिटीकोले नयाँ बर्ष २०७५ सालको अवसर पारेर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाइ स्वागत तथा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रममा सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य नरेस रोकाले बिद्यार्थीहरुको बिचमा आत्मीयता र आपषि मेलमिलापको वातावरण सिर्जना गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए । कार्यक्रममा केन्द्रिय सदस्य प्रकाश पौडेल , क्याम्पस प्रमुख राम प्रसाद उपाध्याय , अनेरास्ववियु जिल्ला अध्यक्ष शेखर खड्का , सचिब शिव शर्मा, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य जीवन शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुले बिभिन्न सास्कृतिक तथा साङ्गितिक प्रस्तुतीहरु राखेका थिए । क्याम्पसका बिद्यार्थीहरुको उत्साहजनक सहभागीतामा कार्यक्रम सम्पन्न भएको अनेरास्ववियु जिल्ला सचिब शिव शर्माले जानकारी दिए । अनेरास्ववियु धवलागिरी क्याम्पस कमिटीका अध्यक्ष सुरेश रेग्मिको अध्यक्षता, सदस्य ईश्वर गौतमको स्वागत मन्तव्य , बि.एड प्रथम बर्ष कमिटी उपाध्यक्ष अमृता जि.सि. , महिला बिभाग प्रमुख मिना आचार्य , बि.बि.एस प्रथम बर्स कमिटी सचिब बिमला थापा र कोसाध्यक्ष सिम्रन केसि को स्वागत गित र अनेरास्ववियु क्याम्पस कमिटी सदस्य हिमाल गौतमको संचालनमा सम्पन्न भएको थियो ।