बागलुङ, २७ चैत– ताराखोला गाउँपालिकाले अर्गल, अमरभूमी र हिललाई अलैंची ब्लक बनाउने अभियान थालेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत संचालिक कार्यक्रमको उद्धेश्य अनुसारको प्रावधान पु¥याएर ब्लक बनाउने तयारी गरेको अध्यक्ष प्रकाश घर्तीले बताए । बर्षभरी गरेको खेतीले १० हजारको कमाई गर्न नसकेका किसानले अलैंची लगाएमा लाखौं कमाउन सक्ने संभावना देखेपछि यो प्रयास गरिएको हो । एकदुइ बर्ष अघिदेखि थालिएको तयारीले राम्रो प्रतिफल दिएपछि अलैंची बिस्तारमा लागिएको ताराखोला २ अर्गलकी तुलसी रोकाले बताइन् । पहिलो, दोश्रो गर्दै तेस्रो बर्षमा अलैचीको उत्पादन पनि बढाउँदै लग्दा बिदेशमा गर्ने दुःख नेपालमा गर्दा दोब्बर कमाई गर्न सकिने रोका परिवारले बुझेको छ ।
रोका परिवारको उत्पादन र कमाईबाट गाउँका अरु किसान पनि प्रभावित भएर कमाई बढाउन थालेका छन् । ‘बर्ष भरी गरेको दुःखले खान पुग्ने थिएन, बेसाहाको बोरा किन्नु पथ्र्यो, त्यसका लागि फेरी अरु मजदुरी गर्नुपथ्यो’ रोकाले भनिन्, ‘अहिले बर्षको दुई, तीन लाख कमाई अलैचीबाटै हुन्छ ।’ त्यो पैसाले घरखर्च, खाना र बालबालिकाको पढाई समेत धानेको उनले बताईन् । कमाई बढेपछि रोका दम्पत्तिको दैनिकी आजकल अलैंचीकै स्याहार गरेर बित्न थालेको छ । ताराखोला गाउँपालिकाले अलैंची ब्लक बनाउने नीति ल्याएपछि रोका दम्पत्ति सँगै यहाँका गजेन्द्र घर्र्ती, अमर थापा, राजु रोका, मनबहादुर बिक लगायत झनै खृुसी छन् । तीन बर्ष अघि परंपरागत खेती मासेर नगदेबालीमा आर्कर्षित भएका उनीहरुको पेशालाई सहयोग मिल्ने गरेर गाउँपालिकाले अलैंची बिस्तार कार्यक्रम थालेपछि किसानहरुमा खुसीयाली छाएको हो । ‘मैले यो बर्ष मात्रै १ हजार बिरुवा थप्ने योजना बनाएकी छु’ रोकाले भनिन्, ‘परंपरागत खेती लगाएर केही फाईदा भएन, बजारको आवस्यकता अनुसारको बाली लगाउन शुरु गरियो’ रोकाले भनिन्, ‘भएभरको पाखोमा अलैंची मात्रै लगाएर मनग्ये कमाउने लक्ष राखेका छौं ।’ गाउँपालिकाले चालु बर्ष ६ हजार हेक्टर जमिनमा अलैंची बिस्तार गर्ने योजना बनाएको छ ।
त्यसका लागि वडा नं. १ को अमरभूमि तथा वडा नं. २ को अर्गल बढी संभावना बोकेको ठाउँ हो । बिरुवा उत्पादन पनि गाउँमै भएकोले किसानले चाहना राखेमा आवस्यकता अनुसार क्षेत्र बिस्तार गर्न सकिने घर्तीले बताए । उनले भौगोलिक उचाई र हावापानी सुहाउँदो कृषि उत्पादनमा जोड दिएर सबैलाई व्यवसायिक बनाउने लक्ष बनाएर काम थालेको समेत उनले बताए । ‘हाम्रो क्षेत्रमा पहिलो संभावना कृषि उत्पादन हो, त्यसैमा सक्दो लगानी गरेर कम्तिमा ५ बर्ष भित्र ४ हजार मानिसलाई रोजगारी बनाउने लक्ष राखेको छु’ घर्तीले भने, ‘संभावना भएका अन्य व्यवसाय समेत थपेर अरु ५ हजारलाई रोजगारी दिन सकिन्छ ।’ गाउँपालिकाले आगामी ५ बर्ष भित्र कृषि उत्पादनले आत्मनिर्भर बनाउने खोजीमा लागेको समेत उनले बताए ।
अलैंचीको मूल्य बेलाबेलामा घटी बढी हुने भएकोले किसानको उत्पादन संकलन गरेर बजार भाउ पाउने समयमा विक्रिका लागि प्रवन्ध गर्ने योजना किसानले बनाएको अर्का किसान अमर थापाले बताए । ‘व्यक्ति व्यक्तिले विक्रि गरियो भने बजार पाउन पनि सकिंदैन, मूल्य पनि पाईंदैन’ उनले भने, ‘सामुहिक विक्रि गर्ने र सबै किसान धनी बन्ने गरी तयारी गरेका छौं ।’ किसानले महत्व बुझेर ३ बर्ष अघि थालेको कामलाई गाउँपालिकाले उत्पादनको दोश्रो महत्वपूर्ण क्षेत्र बनाएकोले सबै खुसी भएको उनले बताए । ताराखोला गाउयस्ँपालिकाले पहिलो उत्पादनको रुपमा भने आलुलाई बनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ब्लक क्षेत्र अभियानमा यहाँको अलैंचीलाई स्थापित गर्न आवस्यक भौगोलिक क्षेत्रफल, उत्पादन र किसान आगामी बर्ष पु¥याउने गरी योजना बनाउन कृषि प्राविधिकहरुलाई खटाईसकेको समेत प्रमुख घर्तीले बताए । ‘हामीले कर्मचारी टिकाउन स्थानीय रुपमा केही सुविधा पनि थपेका छौं’ उनले भने, ‘कृषि प्राविधिकहरु पनि किसानको आवस्यकताको आधारमा काम गर्दैछन् ।’ जिल्लाका अधिकांस गाउँपालिका र नगरपालिकामा जनशक्ति अभाव भैरहेपनि यहाँ भने अधिकांस बिषयगत कर्मचारी पुगिसकेका छन् ।
अलैंचीलाई पोखरा र झापाका व्यपारीले सम्पर्क गरेर खरिद गर्न थालेका छन् । ‘यो बर्ष डेढ क्विन्टल मात्र फलाएको थिएँ, अर्को बर्ष दोब्बर बनाउने योजना छ’ स्थानीय दिलबहादुर रोकाले भने, ‘अर्को बर्ष तीन क्विन्टल फलाउने गरी तयारी छ ।’ उनको झण्डै १० रोपनी जमिनको अलैंची फल्ने तयारीमा छ । उनले कम्तिमा २० रोपनी जमिनमा अलैंची बिस्तार गर्ने योजना बनाएको सुनाए । उत्पादन राम्रो हुने देखीएको छ ।
Previous Articleमुटु परिक्षण शिविर चार सय लावान्वीत
Next Article रसायनिक मलको सहि प्रयोग गरौं– बिज्ञ