बागलुङ, १९ चैत– सहकारी विभागका पूर्व रजीष्टार एवं सहकारी अभियन्ता सुर्दशनप्रसाद ढकालले सहकारी अर्थ व्यवस्थाको सवल आधार भएको बताएका छन् । ६१ औं राष्ट्रिय सहकारी दिवस २०७४ को अवसर पारी बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजनामा ऐन, नीति नीयम र निर्देशिकाहरुको संगालो भाग २ विमोचन तथा सहकारी ऐन र सहकारी संघ संस्थाहरुलाई जारी गरिएको सम्पत्ति शुद्धिकरण विषयक अन्तरकृया कार्यक्रमलाई सम्वोधन गर्दै ढकालले यस्तो कुरा बताएका हुन् ।
नेपालमा सहकारी विकासको ईतीहास ६१ वर्ष पुरा भएको भनिए पनि अनुकुल राजैनैतीक व्यवस्था नहुँदा २५ वर्ष अघि देखि मात्र स्वायत्त र स्वतन्त्र रुपमा सहकारी संघ संस्थाको स्थापना गर्ने अधिकार प्रयोग भएको उनको भनाई थियो ।
Previous Articleअमेरिका जान टाेगाे पुगेका बागलुङका ४ जनाको उद्धार
Next Article नाटाको बागलुङको ढोरपाटन अवलोकन भ्रमण