बागलुङ, चैत १६ – नेपाल पत्रकार महासंघ बागलुङ शाखाले ६३ औ स्थापना दिबसको अबसर पारेर बागलुङको मानव सेवा आश्रममा खाध्यन्न सहयोग हस्तान्तरण गरेको छ । सामाजिक उतर दायित्व मानवीय कार्य अन्तर्गत प्रत्येक बर्ष फरकफरक खालको कार्यक्रम गर्दै आएको नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आफ्नो स्थापना दिबस प्रभातफेरि गरेर मानव सेवा आश्रममा कार्यक्रम गरि खाद्यान्न सहयोग गरेको हो । चामल, नुन, तेल, दाल, लगायतका खाध्यन्न सामाग्री आश्रमका संरक्षक मनिष रायमाझी लाई नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य हरिनारायण गौतम पुर्ब अध्यक्ष राजेशचन्द्र राजभण्डारी ,रामबहादुर जिसिले संयुक्तरूपमा हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा मानव सेवा आश्रमलाइ सहयोग प्रदान गरेकोमा पत्रकार महासंघलाई मानव सेवा आश्रमका संरक्षक मनिष रायमाझीले धन्यवाद दिएका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष हरिनारायण गौतम, राजेशचन्द्र राजभण्डारी, रामबहादुर जिसी नेपाल प्रेस चौतारी नेपालका केन्द्रीय सचिव रामकृष्ण शर्माले लगायतले पत्रकारिता सामाजिक उतरदायित्व सहितको हुनुपर्ने मा जोेड दिए । आर्थिक समबृद्दिको पक्षमा कलम चलाउनु पर्ने धारणा राख्दै बक्ताहरुले जिम्मेबार पत्रकारीता गर्न पत्रकारहरुलाई आग्रह गरे । महासंघका जिल्ला शाखा सहसचिव सुबास आचार्य को उषा पौडेल अध्यक्षता र सचिव राम थापा अबिरलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।
Previous Articleतय भयो प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति
Next Article टेलिकमको ‘नमस्ते क्रेडिट’ शुरु