बागलुङ १६ चैत– कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजना गरेको चैत्राष्टमी मेला २०७४ को प्रारम्भिक आय–व्यय सार्वजनिक गरेको छ । बिहिबार बागलुङ बजारमा पत्रकार सम्मेलन गर्दै गुठीले आय–व्यय सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा गुठीका अध्यक्ष राजु खड्काले सर्वाधिक पुरस्कार राशी राखेर आयोजना भएका प्रतियोगितामा भएको खर्च र मेलाको व्यवस्थापनमा भएको खर्च तथा आम्दानीको प्रारम्भिक जानकारी गराएका थिए ।
मेलामा स्टल, रमाईलो मेला, दाताको सहयोग तथा व्यापारीहरुको सहयोगमा २० लाख ४३ हजार रुपैयाँ आम्दानी भएको र २० लाख १० हजार ६ सय ५० रुपैयाँ खर्च भएको अध्यक्ष खड्काले बताए । सबैभन्दा धेरै आम्दानी रामाईलो मेलाबाट ४ लाख ८० हजार र सबैभन्दा धेरै खर्च लोकदोहोरी व्यवस्थापनमा ४ लाख १० हजार रुपैयाँ रहेको प्रारम्भिक प्रतिबेदन पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको थियो ।
मेलामा आयोजना भएको भलिबल प्रतियोगितामा ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको थियोभने राष्ट्रिय लोकदोहोरी प्रतियोगितामा १ लाख ९२ हजार २ सय ३१ रुपैयाँ बराबरको पुरस्कार वितरण भएको गुठीले जनाएको छ । मेलाको आय–व्यको पुर्ण विवरण आउन केही समय लाग्ने भएकाले प्रारम्भिक वितरण सार्वजनिक गरिएको हो ।
Previous Article१५ चैत २०७४, ढोरपाटन दैनिक
Next Article व्यवसायीक र मर्याद्रीत पत्रकारितामा जोड