म्याग्दी, १३ चैत– म्याग्दीको रघुंगगा गाउँपालिका–३ अक्षतामा युवाको सक्रियतामा खेलकूद मैदान र देवी मन्दिर निर्माण गरिएको छ । सनराइज युथ क्लबको अगुवाइमा करिब रु १२ लाख लगानीमा देवी मन्दिर र खेलकूद मैदान निर्माण गरिएको हो ।
सो मन्दिर तथा खेलमैदान निर्माणका लागि रु चार लाख ६० हजार ४४९ संकलन भएको थियो । त्यसैगरी मन्दिर र खेलकूद मैदान निर्माणमा रु चार लाख २५ हजार बराबरको जनश्रमदानसमेत गरिएको क्लबका अध्यक्ष जगत भण्डारीले जानकारी दिए । क्लबका अनुसार, सो खेलमैदान सम्याउनको लागि डोजर खर्चमा रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले रु ३३ हजार सहयोग गरेका छन् ।
Previous Article१३ चैत २०७४, धौलागिरी स्टार साप्ताहिक
Next Article सरुभक्तलाई राष्ट्रिय मुक्तक पुरस्कार