काठमाडौं, ११ चैत-प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपियन युनियन (इयू)ले केही समयअघि खस आर्यको आरक्षण खारेज गर्ने सुझावसहित सार्वजनिक गरेको प्रतिवेदन धर्म प्रचारका लागि आएका युरोपियन संस्थालाई फर्काएको प्रतिशोध रहेको टिप्पणी गरेका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिको प्रतिवेदन सार्वजनिक गर्दै आइतबार प्रधानमन्त्री ओलीले नेपालको सार्वभौम सत्तालाई अवमूल्यन नगर्न इयुलाई चेतावनी दिएका छन् ।
संविधान नेपालको उपलब्धी भएको जिकीर गरेका ओलीले नेपाललाई अवमुल्यन गरेको बताउँदै भने,‘मैले र नेपाली जनताले हेपेको महशुश गरेका छौं ।’ प्रतिवेदन सच्चिने इच्छा राख्दा राख्दै इयू झन जिद्दि देखिएको बताएका उनले आफ्नो प्रतिवेदन सच्याउन चेतावनी दिए ।प्रधानमन्त्री ओलीले निर्वाचन गराएकोमा राष्ट्रपति र अदालतलाई धन्यवाद दिएका छन् । अघिल्लो सरकारले निर्वाचन नगराउन चाहेको भए पनि अदालतले साथ नदिएको भन्दै उनले धन्यवाद दिएका हुन् ।