बागलुङ, ११ चैत-बागलुङ बजारको बाङ्गेचौर खेल मैदानमा जारी पाँचौ धौलागिरी कप तथा चैत्राष्टमी टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । शनिबार राईजिङ क्रिकेट एकेडेमीले बागलुङ नगरपालिका–५ मालिकालाई ४ विकेट र आयोजक बागलुङ क्रिकेट क्लबले पोखरा क्रिकेट क्लबलाई १ सय २८ रनले पराजित गरेर सेमीफाईनलमा प्रवेश गरेपछि समिकरण पुरा भएको हो । यस अगाडी नै नेपाल विद्यार्थी संघ र बुटवल युवा स्पोर्टस् क्लब सेमिफाईनलमा प्रवेश गरिसकेका छन् । आईतबार राईजिङ क्रिकेट एकेडेमीविरुद्ध नेपाल विद्यार्थी संघ र बागलुङ क्रिकेट क्लबविरुद्ध बुटवल युवा स्पोर्टस् क्लब बीच सेमिफाईनलका खेल हुनेछन् । यस्तै, शनिबार भएको पहिलो खेलमा १ सय २ रनको लक्ष्य पछ्याएको राईजिङले मनोज कोइरालाको ३५ रन र मुकिल यादवले नटआउट २४ रनको योगदान गरेपछि ११ ओभरमा ६ विकेट गुमाएर विजयी भएको थियो । बलिङतर्फ बा.न.पा–५ मालिकाका सुनील जिसीले ५ विकेट लिएका थिए । टस जितेर पहिले व्याटिङ गरेको मालिकाले १८ ओभरमा १ सय १ रन बनाउँदा सबै विकेट गुमाएको थियो । मालिकाको लागि अनिल बोगटीले २० रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ राईजिङका मुकिल यादव र अमन रेग्मीले समान ३–३, अमृत गुरुङले २ र विनय भण्डारी र निर्मल क्षेत्रीले समान १–१ विकेट लिएका थिए । अर्को खेलमा टस जितेर पहिले व्याटिङ गरेको बागलुङ क्रिकेट क्लबले ओपनर पुरनसिंह ठकुरी र युकी घाझीको अर्धशतकको मतले २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४४ रन बनाएको थियो । बागलुङ क्रिकेट क्लबको लागि युकी घाझीले २४ बलमा ५८ रन बनाएभने पुरन सिंहले ३९ बलमा ६६ रन बनाएका थिए । बलिङतर्फ समिर शेनले ४, गोविन प्रधान र चन्द्रा गुरुङले २–२ र विष्णु प्रदान शर्माले १ विकेट लिएका थिए । २ सय ४५ रनबो विशाल लक्ष्य पछ्याएर जवाफी व्याटिङ गरेको पोखराले १५ ओभरमा सबै विकेट गुमाउँदै १ सय १८ रनमा समेटिएको थियो । पोखराको लागि प्रदिप राउतले २२ रन बनाउनु बाहेक अन्य खेलाडीहरु चल्न सकेनन् । बलिङतर्फ बागलुङका प्रकाश सिंहले ३, किरण सिंह र महमद जुनदिबले समान २–२ र विक्रम सोव र युकी घाझीले १–१ विकेट लिएका थिए । बागलुङ क्रिकेट क्लब, फ्युचर स्पोर्टस् क्लब र चैत्राष्ट्रमी मेला २०७४ व्यवस्थापन समितिको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछभने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै म्यान अफ दि सिरिजले १० हजार, बेष्ट व्यटम्यान र वेष्ट बलरले जनही ५–५ हजार प्राप्त गर्नेछन् ।
भलिबलमा तीन खेल सकियो
चैत्राष्टमी पर्वको आर्कषकको केन्द्र बिन्दु तथा बढि पुरस्कार राशीको राष्ट्रिय खुल्ला भलिबल प्रतियोगिता दोस्रो दिन ३ खेल सम्पन्न भएका छन् । भलिवल प्रतियोगिताको दास्रो दिनको पहिलो खेलमा भलिवल टे«निङ सेन्टर बागलुङलाई सोझो सेटमा पराजित गदै काँठेखोला गाउँपालिका–२ भिमापोखरा बिजयी भएको छ । त्यसैगरी, दोस्रो खेलमा काँठेखोला गाँउपालिका–३ धम्जालाई पराजित गर्दै पर्वत कालीगण्डकी रिसोर्ट सेन्टर बिजयी भएको छ । बेष्ट अफ फाइब नकआउट सिस्टममा खेलाईएको खेल अन्र्तगत निकै प्रतिस्पर्धा भएको दोस्रो खेलमा २–३ सेट अन्तरले रिसोट सेन्टर बिजयी भएको हो । त्यसैगरी, जुनतारा होटल र न्यु एक्टिभ युवा क्लब सिगानाका बीचमा भएको तेस्रो खेलवाट न्यु एक्टिभ युवा क्लब सिगाना बिजयी भएको भलिबल उपसमितिका संयोजक किशोर थापाले जानकारी दिए । शनिबारको पहिलो खेल हेल्थ नेपालबिरुद्ध नेपाल बिद्यार्थी संघ र दोस्रो खेल जैमुनी नगरपालिकाबिरुद्ध काँठेखोला गाउँपालिका–२ भिमापोखराका बीच हुने उनले बताए । राष्ट्रिय खुल्ला भलिबल प्रतियोगितामा प्रथम हुनेले कालिका कपसहित नगद १ लाख ५० हजार, द्धितीय हुनेले नगद १ लाख र तृतीय हुनेले नगद ५० हजार प्राप्त गर्ने थापाले जानकारी दिए ।
Previous Articleकालिका मन्दिरमा दर्शनार्थीको भीड
Next Article ११ चैत २०७४, ढोरपाटन दैनिक