बागलुङ, ६ चैत – बुटवलबाट बुर्तिबाङ आउँदै गरेको लु १ ख ७४३९ नंको रात्रि बस आज बिहान दुर्घटना हुँदा तमानखोला गाउँपालिका–३ की ८४ वर्षीया कुमारी बुढाको मृत्यु भएको छ । बिहानकरीव ५ बजे मध्यपहाडी लोकमार्गमा पर्ने बुर्तिबाङ नगरपालिका–१ खप्तरीवाङमा परेको बस दुर्घटनामा १० यात्रु घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिए । घाइतेमध्ये एकको अवस्था गम्भीर छ । बस सडकदेखि झण्डै २५ मिटर तल बडीगाड खोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छ्रैन ।
Previous Article६ चैत २०७४, ढोरपाटन दैनिक
Next Article उपहार लिन र मध्यपान गर्न नपाउने कडा आचारसंहिता