बागलुङ, ४ चैत – राष्ट्रिय सभाको उपाध्यक्षमा वाम गठबन्धनकी उम्मेदवार शशीकला दाहाल विजयी भएकी छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको राष्ट्रिय सभा बैठकले दाहाललाई बहुमतले विजयी घोषणा गरेको हो । मतदानमा कुल ५६ मत खसेकोमा ४५ मत प्राप्त गर्दै माओवादी केन्द्रकी सांसद दाहाल उपाध्यक्षमा विजयी भएकी हुन् । दाहाल प्रदेश-२ को महिला कोटाबाट राष्ट्रिय सभामा निर्वाचित भएकी हुन्।
दाहालको प्रतावक दीनानाथ शर्मा थिए भने दिलकुमारी रावल थापा (पार्वती)ले समर्थन गरेकी थिइन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी राष्ट्रियसभा सदस्य विन्दादेवी आले (राना)ले ११ मत मात्रै प्राप्त गरिन् । आलेको प्रस्तावक बद्रीप्रसाद पाण्डे थिए भने समर्थन सरिता प्रसाईंले गरिन् । राष्ट्रिय सभाको अर्को बैठक चैत १३ गते १ बजेका लागि बोलाइएको छ ।
Previous Articleएसईई परीक्षामा ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै
Next Article प्रधानमन्त्रीको मन्त्री र सचिवहरुलाई कडा निर्देशन