पोखरा, ४ चैत– प्रदेश नं ४ को मन्त्रिपरिषद् बैठकले चार विधेयकलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्का प्रवक्ता रामशरण बस्नेतले शुक्रबारको बैठकले प्रदेश योजना तथा नीति आयोग गठन, वित्तीय समानीकरण, नमूना कर कानून र सार्वजनिक लिखतको प्रमाणीकरण गर्ने सम्बन्धी विधेयकलाई सैद्धान्तिक स्वीकृति दिएको जानकारी दिए ।
बैठकले तीन विधेयक प्रदेश सभामा पेश गर्ने पनि निर्णय गरेको छ । पेश गरिने विधेयकमा स्थानीय तह गाउँपालिका, नगरपालिका र महानगरपालिकाको सेवा सुविधा सम्बन्धी, प्रदेशसभा सभामुख, उपसभामुख, मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र मन्त्रिपरिषद्को तीस बुँदे आचारसंहिता सम्बन्धी विधेयक छन् । प्रस्तावित सेवासुविधा सम्बन्धी विधेयक अत्यन्त वैज्ञानिक रुपमा तय गरिएको जिकिर उनले गरे ।
Previous Articleगाउँका बिद्यार्थीका दुख तीन घण्टा हिडेर विद्यालय !
Next Article ४ चैत २०७४, ढोरपाटन दैनिक