गायिका सरु गौतमको नयाँ गीत सार्वजनिक भएको छ । स्वरमा भाई सरोज गौतमसँग सहकार्य गरेर उनले ‘मैले साँस फेर्दा’ बोलको गीत सार्वजनिक गरेकी हुन्। भाई सरोजको जन्मदिनको अवसर पारेर गीत शुक्रबार युट्युबमार्फत रिलिज गरिएको हो। गीतमा प्रभा बर्तौलाको शब्द रहेको छ भने दिपक शर्माले संगीत भरेका छन्।
सेन्टिमेन्टल फ्लेबरको यो गीतको भिडियोमा सरु र सरोज दुवै देखिएका छन्। भिडियोमा उनीहरु स्टेजमा पर्फम गर्दै गरेको अवस्थामा छन्।यसअघि सरुको ‘के यो माया हो’ बोलमा सरोजले अभिनय समेत गरेका थिए। ‘भाईंको स्वर पनि राम्रो छ। त्यसैले दुवै मिलेर गीत निकालेका हौं,’ सरुले गीतबाट आशावादी रहेको बताइन्।
Previous Article३ चैत २०७४, ढोरपाटन दैनिक
Next Article उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध