बागलुङ, २ चैत – प्रतिनिधि सभाको उपसभामुखको पदमा नेकपा एमालेकी शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी छन्। प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले तुम्बाहाम्फेलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । उनको पक्षमा २०१ मत आएको थियो भने विपक्षमा ५८ मत आएको थियो। उनकी प्रतिद्वन्द्वी कांग्रेसकी पुष्पा भुषालको ६१ मत पक्षमा आएको थियो भने २०१ मत विपक्षमा आएको थियो।
Previous Articleमन्त्रिपरिषद विस्तार, को को भए मन्त्री ? (सूचीसहित)
Next Article कहिले पूरा हुन्छ नेपालीको रेल सपना ?